काभ्रे–बनेपा नगरपालिका, नगर कार्यपालिकाको मिति २०७८।३।९ को बैठकबाट निर्णय भई नगर प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले सभा समक्ष प्रस्तुत गर्नु भएको  बनेपा नगरपालिकाको आगामी आ.व. २०७८।०७९ को नीति तथा कार्यक्रम र उपप्रममुख रेखा दाहालद्धारा प्रस्तुत बजेट यहाँ प्रकाशन गरिएको छ ।
बनेपा नगरसभाद्धारा पारित नीति,कार्यक्रम र बजेटका साथै कार्यपालिका बैठकद्धारा पारित निर्णयहरुको पूर्णपाठ यो लिंक खोलेर पनि हेर्नसक्नुहुन्छ :-

Banepa niti,karyakram ra budget 2078 079

आर्थिक वर्ष २०७८।०७९
नीति तथा कार्यक्रम र बजेट

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका स्थानीय तहहरुको प्रथम निर्वाचन पश्चात निर्वाचित बनेपा नगरपालिकाका जनप्रतिनिधीहरुबाट उपलब्ध स्रोतसाधनको समुचित परिचालनबाट नगर र नगरबासीको सर्वाङ्गिण विकासका लागि प्रतिवद्ध भई लाग्ने क्रममा आगामी आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने क्षणमा उपस्थित भएका छौं । हाम्रा अभिलाषाहरुलाई बढिभन्दा बढि सम्बोधन गर्ने हाम्रो इच्छा र प्रतिवद्धता अनुरुप नीति तथा कार्यक्रम तर्जुमा गरेर अगाडि बढिरहेकै अवस्थामा आ.व. २०७६।०७७ को मध्यबाट प्रारम्भ भएको नोवल कोराना भाइरस नामक कोभिड–१९ संक्रमणको दोस्रो लहर समेत यसै आर्थिक वर्षको अन्तिम चौमाशिकको समयमा मुलुकभर फैलिएका कारण हामीले तय गरेका लक्ष र उद्देश्यहरु परिपूर्तीमा बाधाहरु आइपरेको हामी सबैलाई विदितै छ । हालसम्म पनि संक्रमण जोखिम पूर्ण
रुपमा हटिनसकेको यस परिप्रेक्षम

जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको निषेध आदेश तथा हाम्रै नगरले लिएको नगर शिल गर्ने निर्णयका कारण भाइरस संक्रमणलाई नियन्त्रण गर्न आफ्ना तर्फबाट सहयोग र सद्भाव राख्नुहुने उद्योगी व्यापारी, श्रमिक वर्ग, पेशाकर्मी तथा सबै संघसंस्था तथा कार्यालयका कर्मचारी साथीहरु एवं सम्पूर्ण नगरबासी दाजुभाइ
दिदीबहिनीहरुमा आभार प्रकट गर्दछु ।

 कोभिड–१९ संक्रमण न्युनिकरणका लागि खट्नुहुने जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, सुरक्षा निकाय र स्थानीय प्रशासनलाई धन्यवाद दिन्छु ।
 कोभिड–१९ संक्रमण नियन्त्रणका लागि नेपाल सरकार तथा प्रदेश सरकार र जिल्ला स्थित डि.सि.सि.एम.सि. बाट भएका निर्णय एवं मार्गदर्शनले यस महामारिस“ग जुध्न हामीलाई सहज भएको छ । यसका लागि सबैमा अभार प्रकट गर्दछु ।
 कोभिड–१९ संक्रमणवाट हुन सक्ने क्षति न्यूनीकरणका लागि गरिनु पर्ने प्रचार प्रसार र लकडाउनका कारण मर्कामा परेका वर्गहरुमा राहत वितरणका लागि नेपाल सरकार तथा प्रदेश सरकार सहित विभिन्न सहयोगी संघसंस्थाहरुलाई धन्यवाद गर्दछु ।
 अझै पनि कोभिड–१९ संक्रमण नियन्त्रणमा आइनसकेको र जोखिम कहिलेसम्म रहन्छ भन्नेसम्म पनि एकिन नभएकाले हामी सबै सचेत भएर यस महामारिस“ग जुध्न तत्पर रहनु परेको छ । आगामी दिनमा आइपर्ने यस शंकटस“ग जुध्न बनेपा नगरपालिकाले अगाडी सारेका नीति यसै नीति तथा कार्यक्रमको स्वास्थ्य सेवा शीर्षकमा समावेश गरेको छु । नगरमा उपलब्ध हुन सक्ने साधन र स्रोतको अधिकतम परिचालन गरी कोभिड–१९ स“ग जुध्न बनेपा नगरपालिका तत्पर रहेको जानकारी गराउन चाहन्छु ।
 कोभिड–१९ ले पारेको प्रभावका कारण सिर्जित परिस्थिति अनुरुप हाम्रो जीवनशैली सामान्य बनाउन आवश्यक रहेको छ । यस्तो अवस्थामा पनि नगरले अगाडि सारेका विकास निर्माण लगायतका कार्यक्रम पुरा गर्न प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने जनप्रतिनिधिज्यूहरु, कर्मचारीहरु, विभिन्न संघसंस्था तथा महानुभावहरु लाई विशेष
धन्यवाद दिन चहान्छु ।
 बनेपा नगरपालिकाको भगिनी सम्बन्ध रहेको मित्रराष्ट्र चीनको तिब्बत स्वायत प्रदेश स्थित सिगात्से नगरपालिकाले कोभिड–१९ संक्रमण न्युनिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गरेकोमा उक्त नगरपालिका प्रति धन्यवाद ज्ञापन गर्दछु ।
“कृषि, व्यापार, पर्यटन र पूर्वाधार,समृद्ध बनेपा नगरको आधार” भन्ने बनेपा नगरपालिकाको दीर्घकालिन सोच अनुरुप “हामी बनाउ“छौ हाम्रो बनेपा” भन्ने नारालाई सार्थक बनाउ हामी दत्तचित्त भएर लागेका छौं ।
 आगामी दिनमा आइपर्नसक्ने समस्याहरुस“ग जुध्न नेपाल सरकार, प्रदेश सरकार, विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुबाट निरन्तर सहयोग र सद्भाव रहने कुरामा बनेपा नगरपालिका विश्वस्त रहेको याहा“ स्मरण गर्न चाहन्छु ।

अब म विषयगत नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

नभएसम्म हिलो धुलो रहित बनाउन आवश्यक निर्माण सुधारका लागि सम्बन्धित निकायमा पहल गरी कार्यान्वयनको व्यवस्था मिलाइने छ ।
 पूर्वाधार आयोजनाहरुको निर्माण गर्दा दीगो विकासको -Sustainable development_ अवधारणालाई विषेश ध्यानदिईने छ ।
 नगरवाट सञ्चालन गरिने विकास निर्माण कार्यहरुको गुणस्तर शुनिश्चितताको नीतिलाई अझ प्रभावकारी तुल्याईने छ ।
 नगर क्षेत्रभित्र निर्माण भएका सडक दायाँवायाँ पदयात्रुका लागि फुटपाथ निर्माण सहित हरियाली प्रबर्धनका लागि क्रमशः कार्यान्वयन गर्दै जाने नीति लिइने छ ।
 बनेपा नगर क्षेत्र समेटिने गरी रिङरोड निर्माणको सम्भाव्यता अध्ययन गरिने छ ।
भवन
 बनेपा नगरपालिका अन्तर्गत कार्यालय भवनको व्यवस्था नभएका वडाहरुमा वडा कार्यालय भवन निर्माण एवं भएका कार्यालयहरुको समय सापेक्ष सुधारको कार्यलाई निरन्तरता दिईने छ ।
 प्राकृतिक प्रकोपका कारणले क्षतिग्रस्त भएका ऐतिहासिक, पौराणिक र धार्मिक सम्पदाहरुको पुनःनिर्माणका लागि पुरातत्व विभाग लगायतका सरोकारवाला निकायहरुसँग समन्वय गरी पुनःनिर्माणको कार्यलाई गति दिने वातावरण मिलाइने छ ।
 भवन निर्माणमा राष्ट्रिय भवन संहिता तथा मौजुदा स्थानीय भवन निर्माण तथा बस्ती विकास मापदण्डलाई प्रभावकारी कार्यान्वयनमा जोड दिइने छ । साथै ऐतिहासिक बस्तीहरुमा भवन निर्माण गर्दा परम्परागत कला झल्कने ढाँचा जोगाउन प्रोत्साहित गरिनेछ ।
 घर भवन जस्ता भौतिक संरचना निर्माण गर्दा भूमिगत जल संचिती (Rain Water Harbesting-WaterRecharge System) गर्ने कुरालाई प्रोत्साहित गर्ने नीति लिइने छ ।
 २०७२ बैशाखको भूकम्पबाट पीडित परिवारलाई नक्सापास शुल्कमा दिँइदै आएको ५० प्रतिशत छुटलाई निरन्तरता दिइनेछ ।
 सार्वजनिक भवन निर्माण गर्दा अपाङ्गता र बाल मैत्री संरचना निर्माणमा जोड दिइनेछ ।
 सरोकारवाला फर्म तथा व्यवसायीहरुबाट बनेपा नगर क्षेत्रमा सपिङ मल निर्माणका लागि आवश्यक समन्वय र सहकार्य गरिने छ ।
 परम्परागत दाहासंस्कार स्थल वरपर भवन निर्माण गर्दा छोड्नु पर्ने मापदण्ड निर्धारण गरी कार्यान्वयन गरिनेछ ।
विद्युत
 स्तरीय विद्युतीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रबन्ध मिलाइने छ ।
 सडक बत्तीको सुधार एवं विस्तार कार्यलाई निरन्तरता दिइने छ ।
 मुख्य र संवेदनशील चोक, गल्ली तथा सडकहरुमा सिसिटीभि जडान गरिने छ ।
 सार्वजनिक उपयोगका क्षेत्रहरुमा नविकरणीय उर्जाको प्रयोग मार्फत विद्युत आपूर्ति गर्ने कार्यलाई प्राथमिकतामा राखिने छ ।
 मुख्य सडक तथा चोकहरुमा अव्यवस्थित रुपमा रहेका पोल तथा तारहरु व्यवस्थित गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वय गर्ने वातावरण मिलाइने छ ।
सञ्चार
 बनेपा नगरपालिकाको नगर प्रोफाईल निर्माण तथा अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिईने छ।
 आवधिक नगर विकास योजना, नगर यातायत गुरुयोजना, कृषि विकास गुरुयोजना, बस्ती विकास गुरुयोजना र नगर भूउपयोग योजना निर्माण लाई प्राथमिकता दिइने छ ।
 नगरपालिका बाट प्रवाह हुने सेवाहरुमा प्रविधिमैत्री गर्दै लगिनेछ । साथै नगरपालिकाको एप कार्यान्वयनलाई प्रभावकारी बनाइने छ ।
 नगरपालिका क्षेत्रभित्रका सबै स्थानमा संचारको पहुंच विस्तारका लागि सम्बन्धित सेवा प्रदायक संस्थाहरुसंग समन्वय गरि सेवा विस्तार गर्ने वातावरण मिलाइने छ ।
 नगरपालिकाका गतिविधिहरुलाई वेवसाइट मार्फत प्रकाशन र अध्यावधिक गरिने छ ।
 एफएम रेडियो स्थापना एवं गुणस्तरीय प्रशारणका लागी कार्यविधि बनाई कार्यान्वयन गरिनेछ ।
 नगरपालिकाको गतिविधिहरुको पारदर्शिता र सहज सूचनाका लागि इलेक्ट्रोनिक डिस्प्ले बोर्ड र नागरिक बडापत्रलाई अध्यावधिक गरिने छ ।

स्वास्थ्य

 विश्वमा देखिएको कोभिड–१९ संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न सचेतनामूलक कार्यक्रम सञ्चालन, क्वारेन्टाइन स्थलहरुको स्थापना र सञ्चालन तथा आवश्यक स्वास्थ्योपचारका लागि कार्यक्रम सहित बजेटको व्यवस्था गरिने छ ।
 कोभिड–१९ संक्रमण नियन्त्रणका लागि परीक्षणलाई सुलभ र प्रभाकारी बनाउन सम्बन्धित निकाय तथा स्वास्थ्य संस्थाहरुसँग समन्वय र सहकार्यका लागि प्रभावकारी कदम चालिने छ ।
 कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि शंकास्पद व्यक्तिहरु तथा कन्ट्याक्ट ट्रेसिङ्गमा परेका व्यक्तिहरुको खोजि गरी निशुल्क च्त्(एऋच् वा ब्लतष्नभल परीक्षण गर्ने र कोभिड पोजिटिभ भएकालाई नियमित स्वास्थ्य परापर्श सेवाको सुनिश्चितता गरिने छ ।
 बनेपा नगरभित्र पन्ध्र शैयाको एक अस्पताल निर्माणको कार्य पुरा गरी सेवा सञ्चालन गर्ने वातावरण मिलाई थप अस्पताल निर्माण तथा चौधै वडामा स्वास्थ्य केन्द्र निर्माणका योजना लाई निरन्तरता दिइने छ ।
 भइरहेका शहरी स्वास्थ्य केन्द्रहरुको स्वास्थ्य सेवा विस्तारमा जोड दिइने छ ।
 कम्तिमा दुई वटा माइक्रोस्कोपीक सेन्टर सञ्चालनमा ल्याइने छ ।
 सर्ने तथा नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणको लागि सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।
 मृगौला रोगी पत्ता लगाउन सर्वेक्षण गरिने छ । सर्वेक्षणको आधारमा सिमित उमेर समुहका सम्पुर्ण व्यक्तिहरुको निशुल्क मृगौला रोगको परिक्षण गरी उपचारको दायरामा ल्याउन पहल गरिने छ ।
 उकृष्ट स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायक पहिचान गरि पुरष्कृत गरिने छ ।
 स्वास्थ्य संस्था नियमित रुपमा पुर्ण समय सम्म सञ्चालन भए नभएको अनुगमण गरी नियमित सञ्चालन
हुने वातावरण मिलाईने छ साथै ई.हाजिरको व्यवस्था गरिने छ ।
 गाँउघर क्लिनिक र खोप क्लिनिकको सेवा विस्तार गरी आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापन गरिने
छ ।
 गर्भवतीलाई कम्तिमा चार पटक गर्भजाँचको लागि प्रोत्साहित गर्न स्वास्थ्य संस्थामा पोषक तत्व वितरण,निशुल्क एल्बुमिन परिक्षण र आईरन, क्याल्सियम वितरण गरिने छ ।
 प्रत्येक स्वास्थ्य संस्थामा इन्टरनेट सेवाको पहुँच भएको सुनिश्चितता तथा कम्प्यूटर, प्रिन्टर लगायत भौतिक पूर्वाधारको व्यवस्थापन गरिने छ ।
 महिला स्वास्थ्य स्वयं सेविकाहरबाट सेवा गर्न सक्ने उमेर हद साठ्ठी बर्ष कायम गरिने छ । साथै नगर स्तरीय महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहित गर्नको लागि मासिक भत्ता ,अवलोकन भ्रमण तथा कोष स्थापना गरी निवृत्त स्वयं सेविकाहरुलाई सोही कोषबाट सम्मान स्वरुप सहयोग उपलब्ध गराउने नीति लिइने छ ।
 शीर मेमोरियल अस्पतालको प्रभावकारी सेवा विस्तार तथा अस्पताल व्यवस्थापन प्रभावकारी बनाउन प्रचलित कानूनका अधिनमा रही प्रभावकारी नियमन र अनुगमनको बातावरण मिलाईने छ ।
 योग केन्द्र स्थापना गर्न प्रोत्साहीत गर्दै स्थापित केन्द्रहरु प्रभावकारी रुपमा सञ्चालनमा जोड दिइने छ ।
 यस नगर क्षेत्रभित्र स्वास्थ्य सेवा प्रदान गर्ने सवै स्वास्थ्य संस्थाहरु अनिवार्य रुपमा नगरपालिकामा दर्ता भई सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।
 स्वास्थ्य सेवा विस्तार गर्दा वैकल्पिक स्वास्थ्य सेवाहरु (आयुर्वेद, होमियोप्याथी, एक्युपञ्चर, न्यूरोप्याथी, योग आदि) को प्रयोगलाई प्रभावकारी बनाउन अनुगमन तथा नियमनमा समेत विशेष ध्यान दिइने छ ।
 खोप, पोषण, प्रसुति तथा एचआईभी एड्स जस्ता बहुपक्षीय सरोकारका विषयहरुका संयन्त्रहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाइनेछ ।
 क्यान्सर, मुटुरोग, डेङ्गो, क्षयरोग, जस्ता खतरनाक रोगको रोकथाम, नियन्त्रण गर्ने खालका सचेतना मूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
 बाल तथा मातृ मृत्युदर न्यूनीकरणमा जोड दिइनेछ । साथै बनेपा नगरपालिका क्षेत्रभित्र रहेका उपयुक्त स्वास्थ्य केन्द्रलाई बर्थिङ सेन्टरको रुपमा विकास गर्ने कार्यक्रम राखिने छ ।
 बनेपा नगरपालिकाभित्र स्थायी बसोबास भएका व्यक्तिहरुमा उमेर वा अन्य कारणले हुने मोतीबिन्दुको निःशुल्क शल्यक्रियाका लागि रेयुकाइ आँखा अस्पतालसँग सहकार्य गरी संचालित कार्यक्रमलाई निरन्तरता
दिइने छ ।
 बनेपामा रहेको ब्लड बैंकको सेवालाई सरल र अत्याधुनिक सुविधा सम्पन्न गर्न आवश्यक सहयोग गरिने छ ।
 स्तन तथा पाठेघरको क्यान्सरबाट जोगाउन जनचेतनामूलक कार्यक्रम र उपचारात्मक विधिलाई प्रश्रय दिन आवश्यक सहयोग र सहकार्यको वातावरण मिलाइने छ ।
 नेपाल सरकारबाट कार्यान्वयनमा ल्याइएको स्वास्थ्य बीमा कार्यक्रममा आम नगरबासीको सहभागिताका लागि उपयुक्त वातावरण मिलाउनुका साथै स्वास्थ्य बीमाबाट हुने उपचारका लागि बनेपामा रहेका अस्पतालबाटै सेवा प्रदानका लागि आवश्यक पहल गरिने छ ।
 सबै नगरवासीमा कोभिड बिरुद्धको खोप लगाउने वातावरण मिलाउन पहल गरिनेछ ।

खानेपानी तथा सरसफाई

 एक घर एक धारा अभियानलाई योजना बनाई कार्यान्वयनमा जोड दिइने छ ।
 प्रत्येक वडामा हाल प्रयोग भइरहेका स्थानीय पानीका श्रोतहरुको संरक्षण एवं ब्यवस्थित प्रयोग गर्ने वातावरण मिलाइनुका साथै नगर क्षेत्रभित्रका मूल संरक्षण गर्ने विशेष कार्यक्रम ल्याइने छ ।
 सुरक्षित पिउने पानीको व्यवस्थामा सहयोग पुग्ने आयोजनाहरुलाई प्राथमिकता दिइनेछ ।
 खानेपानी तथा सरफाई सम्बन्धी जनचेतनामूलक कार्यलाई प्राथमिकता दिइनेछ ।
 श्रोतको अपर्याप्तता भएका क्षेत्रहरुमा डिप बोरिङ र आकासे पानीको संकलन प्रविधिलाई विशेष प्राथमिकता दिने नीतिलाई निरन्तरता दिइने छ ।
 काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई यथाशीघ्र सम्पन्न गरी पानीको उपभोग गर्ने वातावरण मिलाउन आवश्यक भूमिका निर्वाह गरिने छ ।
 जलाधार क्षेत्र÷इनार÷कुवाको संरक्षण र प्रवर्धनका लागि सरोकारवाला निकायहरुसंगको समन्वयमा जोड दिइने छ ।
 बनेपा नगरपालिका वडा नं. ६, खत्रीगाउँ खानेपानी योजना पुरा गर्न आवश्यक पहल गरिनेछ ।
 साँगा बृहद् खानेपानी आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाईने छ । साथै ओपी बृहत खानेपानी आयोजना र गोसाईकुण्ड क्षेत्रमा डिप बोरिङको कार्य समन्वय गरिने छ ।
 नगरपालिकालाई पूर्ण सरसफाईयुक्त नगर घोषणाका लागि योजनावद्ध अभियान सञ्चालन र कार्यान्वयन लाई निरन्तरता दिइने छ ।
 बनेपा १० मा संचालित जनागाल बृहत खानेपानी योजना समयमै पुरा गर्ने वातावरण मिलाइनेछ ।

बजेट

 

 

 

प्रतिक्रिया दिनुहोस !