काभ्रे-जिल्लाको पनौती नगरपालिका वडा नं. २ र ३ एउटै भवनबाट सञ्चालनमा रहेकोमा अब त्यो रहेन । वडा नं. ३ ले मंगलबार देखि आफ्नै भवनबाट सेवा थालेको छ । नवनिर्मित कार्यलय भवनको नगर प्रमुख भिम न्यौपानेद्वारा उद्घाटनका साथै सोहि भवनबाट सेवा थालिएपछि स्थानीय खुसी भएका छन् ।

वडा अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रमकाबीच रिबन काटेर र ताम्रापत्र अनावरण गरि कार्यलय भवनको उद्घाटन गरिएको हो ।

नगर प्रमुख न्यौपानेले आफुले आफ्नो कार्यकालमा जनताको सेवालाई केन्द्रमा राखेर त्यही अनुसारका काम गर्दै आएको बताउनुभयो ।

आफ्नो ५ वर्षको कार्यकाल विकासको पूर्वाधार निर्माण र समृद्धि पनौती नगर निर्माणमै वितेको उहाँको भनाई छ ।जनताको सेवामा नै समर्पित भइरहने उहाँको प्रतिबद्धता छ ।

कार्यलय भवन उद्घाटन कार्यक्रममा पनौती नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गुणनाथ सापकोटा, वडा नं. २ का वडा अध्यक्ष पुरुसोत्तम अधिकारी,बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी,नगरका शाखा प्रमुखहरु,वडा सदस्यहरु, विभिन्न संस्थाका प्रतिनिधिका साथै स्थानीयहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस !