जिल्ला प्रहरी कार्यालय र बनेपा हेल्थ कियरको साझेदारी

काभ्रे–जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आईतबार मास्क बितरण तथा स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।

बनेपा हेल्थ केयर प्रालिको साझेदारीमा बनेपा नगरपालिका वडा नं. ०७ स्थित चारदोबाटोमा प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी र बनेपा हेल्थ केयरका संचालक जीबित थापाको आतिथ्यतामा भएको कार्यक्रमकाबीच चालक सह चालकहरुर सार्वसाधारणहरुको निस्शुल्क स्वास्थ्य जाँच र मास्क वितरण भएको हो ।

कोभिड १९को नयाँ भेरियन्ट संक्रमण दर पुन : बढ्दै जानु तर जनमानसमा मास्क लगाउने प्रवृत्ति घट्दै जानाले आउँदा दिनहरुमा कोरोना संक्रमण दर तिव्र रुपले वृद्धि हुनसक्ने कुरालाई मध्यनजर गर्दै यो कार्यक्रम भएको स्पष्ट पारिएको छ ।

कार्यक्रममा चालक,सह चालक १६८ जना र सर्वसाधारण १४५ जनाको स्वास्थ्य जाँच गरी ७६० जान व्यक्तिहरुलाई मास्क बितरण गरिएको प्रहरी नायव उपरीक्षक हरि खतिवडाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा यस कार्यालय तथा मातहत प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत,जुनियर प्रहरी अधिकृत,प्रहरी हवल्दार,जवानहरुतथा महिला प्रहरी कर्मचारी,बनेपा हेल्थ केयरबाट , निर्देशक शिव पौडेल,झरना श्रेष्ठ,राजेन्द्र गौतम,शर्मिला श्रेष्ठ लगायत स्वास्थ्यकर्मीहरुका साथै पत्रकारहरु समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !