काठमाडौं-सुमधुर स्वरकी धनी निर्मला घिसिङको ‘शिरफूल’ गीत भिडियोसहित शनिबार सार्वजनिक भएको छ । सोनाम ल्होछारको अवसरमा घिसिङले पछिल्लो संगीत कृति औपचारीक समारोहका साथै आफ्नै नामको युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको हो ।
बरिस्ठ संगीतकार तथा गायक चन्द्रकुमार दोङको प्रमुख आतिथ्यतामा दोङ,संगीतकार तथा गायक सुसन लामा, गायिका घिसिङको आपाको हातबाट नाङसाल बाली शिरफूलको बिमोचन गरिएको हो ।
प्रमुख आतिथि दोङले स्वरकी धनी गायिकाको आवाजलाई न्याय मिल्नेगरी भिडियो बनेकोले सफलता मिल्ने बताउनुभयो । “निर्मला भाञ्जीको नीरकमल जस्तै कोमल र सुमधुर आवाजले सबैको मन जित्नेमा म ढुक्क छु । प्रमुख अतिथि दोङले भन्नुभयो । नवगीतकार पदम मोक्तानको शब्दहरुलाई संगीतकार चन्द्र्कुमार दोङले संगीत भर्नुभएको छ ।
गीतले मायाप्रेमको कथा भनेपनि तामाङ युवा मनोविज्ञानमा हुनुपर्ने सांस्कृतिक चेतको सन्देश समेत प्रवाह गरिएकोले अर्थपूर्ण देखिन्छ ।
रोहनी लामाको मोडलिङ रहेको भिडियो अजय स्याङ्तानले निर्देशन गर्नुभएको हो ।
कार्यक्रम सञ्चालन समेत गर्नुभएका गायिका घिसिङले ‘शिरफूल’ दर्शक स्रोताको रोजाईमा पर्ने विश्वास व्यक्त गर्नुभयो ।
गायिका घिसिङको यसअघि आएका ‘होई च्याङबा’,’दरबन्दी’ जस्ता गीत चर्चित छ । घिसिङका तामाङ सेलोका साथै तामाङ मातृभाषाका गीतहरु र नेपाली जनवादी गीतहरु समेत चर्चित छन् ।
कार्यक्रममा विभिन्न मिडियाका पत्रकारहरुका साथै तामाङ डाजाङको अध्यक्ष फूलकुमार बम्जन, नेपाल तामाङ कलाकार संघको वरिष्ठ उपाध्यक्ष शशिकला मोक्तान,मोडल रजनी घिसिङ लगायत सहभागी हुनुहुन्थ्यो ।
भिडियो लिंक:
https://m.youtube.com/watch?v=1PKb2ZbUbQc