काभ्रे-धुलिखेल नगरपालिका-४ निवासी समाजसेवी तथा युवा नेता श्रीराम थापाले खेलाडीहरुलाई भलिवल, नेट, पम्प लगायतका खेलकुद सामाग्री सहयोग गर्नुभएको छ ।

माओवादी केन्द्र निकट वाइसियल नेपाल काभ्रे जिल्ला सदस्य समेत रहेका समाजसेवी थापाले व्यक्तिगत रूपमा मंगलबार पनौतीमा एक कार्यक्रमकाबिच जिल्लाको विकट खानीखोला—१ स्थित् जनशक्ति युवा क्लबका खेलाडीहरुलाई भलिवल ११ थान, भलिबल नेट २ र पम्प २ थान सहयोग गर्नुभएको हो ।

उहाँले यसअघि सोही गाउँपालिका वडा नम्बर ४ मा रहेको खुशी समाज युवा क्लवसँगै वडा नम्बर १ र २ का भलिवल खेलाडीलाई एक/एक सेट जर्सी, फुटवल, भलिवल सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा (माओवादी क्रेन्द्र) बागमती प्रदेश कमिटी सदस्य दैवलाल घिसिङ (अनुशील)ले खेलाडीलाई खेलकुद सामाग्री वितरण गर्दै जर्सी लगयातका खेलकुद सामाग्री पाएपछि खेलाडीहरुको सिकाईमा सहजता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

खेलकुद सामाग्री क्लवका सुरेश थिङ, दिपेश गोले लगायतले बुझ्नुभएको छ ।

समाजसेवी थापाले विकट क्षेत्रका युवाहरूको स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा टेवा पगोस् भन्ने उद्देश्यले खेलकुद सामग्री सहयोग गरिएको बताउनुभयो ।

उहाँले विकट खानिखोलाका सबै वडामा खेलकुद सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । ‘केही दिनपछि खेलकुद सामाग्री खानिखोलाका बाँकी वडालाई पनि सहयोग गर्नेछु ।’, उहाँले भन्नुभयो ।

उहाँले आगामी दिनमा विभिन्न क्षेत्रमा आफुले सक्ने हरेक खालको आवश्यक सहयोग निरन्तरता हुने बताउनुभयो । ‘विगतमा म पनि खेलाडी थिएँ, तर हाम्रो पालोमा यस्तो सहयोग कहीँ कतैबाट आउने गरेको थिएन,’ उहाँले भन्नुभयो, ‘आफुले खेलाडीहरुलाई सहयोग गर्न पाउदा धेरै खुशी लागेको छ ।’

थापाले कोरोना भाइरस (कोभिड—१९)को महामारीका बेला खानिखोला गाउँपालिकालाई माक्स लगायतका स्वास्थ्य सामाग्री समेत सहयोग गर्नुभएको थियो ।

माओवादी केन्द्र खानीखोलाका अध्यक्ष अविरल जिम्बाले खेलकुद सामाग्री उपलब्ध गराउने थापालाई धन्यवाद दिनुभयो ।

खेलाडीहरुले आफुसँग भएको लुगाफाटो लगाएर प्रतियोगितामा सहभागी हुँदै आएको अवस्थामा जर्सी सहित खेलकुद सामाग्री उपलब्ध भएपछि खेलाडीहरुमा खेलप्रतिको मोह र प्रतियोगिताको लागि समेत सकारात्मक उर्जा मिलेका बताएका छन् ।

कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सदस्य घिसिङसँगै अविरल जिम्बा,सन्तली थिङ्,सृजना थिङ्,राजन अधिकारी, सागर जिम्वा,प्रेम घलान,सलन मगर,जिल्ला समन्वय समितिका सदस्य सुन्तली थिङ (मनिता),खानीखोला गाउँपालिका कमिटी अध्यक्ष अविरल जिम्बा,उपाध्यक्ष सृजना थिङ,सचिव राजन अधिकारी,नेता सागर जिम्बा,प्रेम लामा र सलन मगर लगायत खेलाडीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस !