काठमाडौं–प्रखर कवि तथा गीतकार टीका चाम्लिङको शब्द–रचना र प्रख्यात गायक तथा सङ्गीतकार राजेशपायल राईको सङ्गीतमा ‘सै हँमा सै हँपा’ बोलको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ ।

गीतकार चाम्लिङको नौलो प्रयोगसहितको सुन्दर र अर्थपूर्ण शब्दहरूलाई राजेशपायलले उस्तै सुमधुर सङ्गीत भर्नुभएको छ । गीतमा राजेशपायल र द भ्वाइस किड्स नेपाल–२०७८ की उत्कृष्ट ८ प्रतिस्पर्धीमध्ये की दार्जिलिङकी गायिका पेमा देचेन तामाङको स्वर रहेको छ ।

राजेशपायल राई म्युजिक एकेडेमी तथा राजेशपायल राई फाउन्डेसनले संयुक्त रूपमा प्रस्तुत गरेको भिडियोमा राई र गायिका पेमाको अभिनय रहेको छ ।

टीका चाम्लिङको यो पछिल्लो रचना उत्कृष्टताको अर्को दृष्टान्त हो भन्ने कुरा सिर्जना स्वयंले सिद्ध गरेको छ ।

गीतकारले गीतमा प्रयुक्त ‘सै हँमा सै हँपा’ शब्द किराती राई चाम्लिङ भाषाबाट लिनुभएको हो । नेपाली गीत लेखनक्षेत्रमा प्रयोग भएको सम्भवतः पहिलो गीत हो– सै हँमा सै हँपा । अत्यन्तै सम्मानित व्यक्तिहरूका लागि सम्बोधन गरिने यी शब्दहरूको प्रयोगले गीतमा नयाँपन थपिएको छ ।

भिडियोसहित :

https://www.youtube.com/watch?v=t-ILc4c5qCc

 

प्रतिक्रिया दिनुहोस !