काभ्रे–जिल्लाको पनौती नगरपालिका वडा नं. ०२ स्थित उद्धब फार्मेसी पसलबाट नियन्त्रीत औषधीसहित १ जना पक्राउ परेका छन् ।

स्थानीय औषधी पसलहरुमा डाक्टरको आधिकारीक सिफारिस बिना खुलेआम दुव्र्यसनमा रहेका विभिन्न युवा जमातलाई फार्मेसी संचालकले आफ्नो व्यवसायिक कार्य विपरित आम मानिसको स्वास्थ्यमा समेत प्रतिकुल असर हुने खालको नियन्त्रीत औषधी कारोवार गरीरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले आईतबार औषधिसहित फार्मेसी सञ्चालक पक्राउ गरेको सोमबार जनाएको हो ।

प्रहरीको केही दिनको निग्रानी पश्चात उक्त औषधी पसलबाट सञ्चालक पनौति नगरपालिका वडा नं. ०१ पर्खालचौर स्थायी घर भएका ४३ वर्षका उद्धब सापकोटा र लागु औषध सेवन कर्ताहरुले नसालु पदार्थको रुपमा सेवन गर्दै आएको डाक्टरको सिफारिस र बिल भरपाई कागज बेगर बिक्री बितरण गरी रहेको अवस्थामा विभिन्न खालका औषधिहरु फेला पारी थप अनुसन्धान एवं कारवाहीको लागि सोमबार औषधी व्यवस्था विभाग बिजुली बजार काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाद्धारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उद्धब फार्मेसी पसलबाट बरामद भएको नियन्त्रीत औषधीहरुको विवरण :-

१. Pregabalin Capsules IP GBIX-75 लेखिएको सिल खोलिएको २ बट्टामा २० पत्ता ३ चक्की (२०३ ट्याब्लेट), सिल नखोलिएको ७ बट्टामा ७० पत्ता (७०० ट्याब्लेट) गरी जम्मा ९०३ ट्याब्लेट

२. ANTIKOF Tablet सिल गरिएको ४ बट्टामा ५० पत्ताको दरले जम्मा २०० पत्ता (२००० ट्याब्लेट), सिल खोलिएको २ बट्टामा १०८ पत्ता ९ ट्याब्लेट (१०८९ ट्याब्लेट) समेत गरी जम्मा ३०८९ ट्याब्लेट

३. Dicyclomine Tablets BP SPASMO ANTISPASMODIC लेखिएको सिल नखोलिएको १ बट्टमा ५० पत्ता (५०० ट्याब्लेट), सिल खोलिएको २ बट्टामा ६९ पत्तामा ६९० ट्याब्लेट गरी जम्मा ११९० ट्याब्लेट

४. Dicyclominehydrochloride tablets IP DECOLIC लेखिएको सिल नखोलिएको ४ बट्टामा ८० पत्ता (८०० ट्याब्लेट) सिल खोलिएको २ बट्टामा ४१ पत्ता १ चक्की (४११ ट्याब्लेट) गरी जम्मा १२११ ट्याब्लेट

५. Pregabalin capsules IP GABAWELL-150 लेखिएको सिल खोलिएको २ बट्टामा २० पत्ता गरी जम्मा २०० ट्याब्लेट

६. Promethazine hydrochloride tablets BP VOMINE-25 लेखिएको सिल खोलिएको १ बट्टामा २४ पत्तामा जम्मा २४० ट्याब्लेट

७. Pregabalin & methylcobalamin Capsules IP SAGALIN-M 1500 लेखिएको सिल खोलिएको १ बट्टामा १० पत्तामा जम्मा १०० ट्याब्लेट

८. KOFTAB लेखिएको सिल खोलिएको १ बट्टामा २० पत्ता ५ चक्की गरी जम्मा २०५ ट्याब्लेट

प्रतिक्रिया दिनुहोस !