नायक कुमार मोक्तान,पूर्णिमा लामाको सशक्त मोडलिङ

  • लोक बहादुर लामा

धुलिखेल–युवा गायक प्रकाश दोङ तामाङको पछिल्लो नयाँ सांगीतिक कोसेली ‘सुटुक्क’ भिडियोसहित सार्वजनिक हुने भएको छ । लर्डबुद्ध इन्टरनेशनलको प्रस्तुतीको रुपमा यो गीत भिडियोसहित संघीय राजधानीमा यो शुक्रबार सार्वजनिक गर्ने गायक दोङले जानकारी दिनुभयो ।

प्रकाशका साथै सुमिना लोको स्वरमा रहेको गीत कुमार मोक्तानको शव्द रचना र जोगललाल लामाको संगीतमा तयार भएको हो । प्रसाईं फिल्मस्को पोष्ट प्रडक्शन,उर्गेन दोङ र विकास प्रसाईंको निर्देशनमा तयार भएको भिडियोमा नायक कुमार मोक्तान,पूर्णिमा लामा र बालकलाकार अर्मण दोङको सशक्त मोडलिङ देख्न सकिन्छ ।

चाँद सिंको एरेञ्ज,दिपेश प्रधानको मिक्सिङमा तयार भएको गीतलाई जीतु लामाले भिडियोमा छायांकन गर्नुभएको हो ।

मायाप्रेमका विषयमा तयार पारिएको तामाङ आधुनिक गीत दर्शकस्रोताको रोजाईमा पर्ने विश्वास निर्माण पक्षको छ । भिडियो गोकर्ण फोरेष्ट रिसोर्ट लगायतका लोभलाग्दो क्षेत्रका दृश्यहरुको पृष्ठभूमिका कैद गरिएकोले थप सशक्त बनेको बताईएको छ ।

सफल युवा व्यवसायी तथा युवा नेता समेत रहनुभएका दोङले यसअघि केहि सांगतिक कृति बजारमा ल्याउनुका साथै तामाङ संस्कृति प्रवद्र्धनको उदेश्यले ‘डम्फू साँझ २०७६’ को आयोजना समेत गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !