शिलान्यासको तयारी

काभ्रे-हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारको योजना अधिकांश ठाउँमा पुरा नभएको सन्दर्भमा जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ को मैनाजाङमा छुट्टै प्रयासबाट १५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।

अभिमानसिं फाउन्डेशनले ‘हर्क एण्ड अभिमान सिंह सामुदायिक अस्पताल’ बनाउने भएको हो । अस्पतालको भवन निर्माण शिलान्यास पौष ३ गते हुने भएको छ ।

पराङगाङ निवासी बहुतसिं थोकर र नेत्रसिं थोकरको बुबा स्वर्गीय हर्कसिं थोकर र अभिमानसिंको स्मृतिमा निर्माण हुने अस्पतालका लागि नेत्रसिं थोकरले ९ रोपनी जग्गा दान गरेपछि अस्पताल निर्माणको शिलान्यास हुने भएका हो ।

अस्पताल भवनको शिलान्यास भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष तथा बज्रशक्ति समाजका अध्यक्ष वीरबहादुर घिसिङले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रम वडा नं. ९ को कार्यालय मैनाजाङमा बिहान ११ बजे हुने फाउन्डेसनका अध्यक्ष सुदिपमान सिंह बस्नेतले जानकारी दिनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती थपेको बताउँदै अध्यक्ष बस्नेतले यस अस्पताल निर्माणले स्थानीयहरु स्वास्थ्य उपचारका लागि अन्यत्र ठुला अस्पतालहरु धाउनु नपर्ने र अन्यत्र अस्पतालमा गएर उपचार गराउँदा हुने खर्चको समेत बचत हुने बताउनुभयो ।
७७ वटै जिल्लामा १५ शैय्याको सामुदायीक अस्पताल निमार्ण गर्ने फाउन्डेशनको अभियान रहेको उहाँले जानकारी दिनुभयो।

यो अस्पताल निर्माणसँगै काभ्रे, सिन्धुली र रामेछापका जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउनेछन् । अस्पताल निर्माण हुने खबरले स्थानीय हर्षित भएका छन् ।

अस्पतालको संरचना यस्तो हुनेछन् :

प्रतिक्रिया दिनुहोस !