
काठमाडौं–गायिका मनमा बी. राईको स्वरमा रेकर्ड भएको पछिल्लो गीत ‘हातैमा बाला’ बोलको गीत म्युजिक भिडियोसहित सार्व जनिक भएको छ । विगत दश वर्षदेखि गायनमा निरन्तर लागिपरेकी गायिका राईको गीत आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतकार टीका चाम्लिङको मिठो शब्द रचना र वरिष्ठ सङ्गीतकार वसन्त मुकारुङको उस्तै उस्तै मिठो सङ्गीत रहेको उक्त म्युजिक भिडियोको छायाङ्कन काठमाडौँको टोखा र जीतपुर फेदीमा गरिएको हो । मोडल तथा गायक योगेन्द्र राई र नयाँ प्रस्तुतिमा नायिका ग्रेशिना राई लगायत करिब आधा दर्जन नयाँ कलाकारको सुन्दर अभिनय रहेको म्युजिक भिडियोलाई खुशी चाम्स रोदुङ (रबिना राई) ले निर्माण गरेकी हुन् भने वीरेन्द्र भट्टले छायांकन गर्नुभएको हो ।
युवा नृत्य निर्देशक सुमित गुरूङको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन तारा थापा ‘किम्भे’ले गर्नुभएको हो भने नृत्य निर्देशन कमल राईको रहेको छ । गीत तथा भिडियोले सबै खाले स्रोता तथा दर्शकको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।
गीत तथा भिडियो सार्वजनिक समारोहमा वरिष्ठ सञ्चारकर्मी नारायण देवान, वरिष्ठ गायिका सरोजा मुकारुङ देवान, युवा सञ्चारकर्मी÷पत्रकार प्रकाश पोखरेल तथा युवा गायिका रश्मि राईले भिडियो गीतको अत्यन्तै अब्बल र नेपालीपनले भरिएको भन्ने प्रतिक्रिया दिनुभएको थियो ।
भिडियोसहित :