एकै पटक ७२ बढी कलाकारहरुको प्रस्तुती
चितवन–नारायणी नदी किनार नेपाली लोकबाजाहरूको आर्केष्टा–धुनले गुञ्जयमान बनेको छ । नारायणी नदी किनारमा शुक्रबार नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा नेपाली लोकबाजाहरूको आर्केष्टा गुञ्जयमान बनेको हो । राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा प्रस्तुत गरिएको बृहत् सांस्कृतिक कार्यक्रममा नेपालमै पहिलो पटक नेपाली परम्परागत लोकबाजाहरूको आर्केष्टा प्रस्तुत गरिएको महासंघका अध्यक्ष खगेन्द्र राईले बताउनुभयो ।
लोकप्रिय सङ्गीतकार तथा सङ्गीत संयोजक प्राज्ञ अशोककुमार राईको सङ्गीत संयोजन तथा निर्देशनमा प्रस्तुत गरिएको लोकबाजाहरूको आर्केष्टामा एकै पटक ७२ जनाभन्दा बढी कलाकारले लोकबाजाका धून प्रस्तुत गरेका थिए । लोकबाजा आर्केष्टामा मादल, च्याब्रुङ, ढोल, खैँजडी, धिमे, डम्फु, दमाहा, ट्याम्कुली, खिं, ढोलक, ढ्याङ्ग्रो, झ्याम्टा, घण्टी, ढोलक, शंख र टिन्छु समावेश गरिएको थियो । यसै गरी सारङ्गी, टुङ्ना, बाँसुरी, सनाई, गिटार अकिष्टिक, एकर्डियन, नरसिङ्गा, मेन्डोलियन, बेश गिटार, मुर्चुङ्गा, बिनायो लगायतका बाजा समेटिएको थियो ।
आर्केष्टा प्रस्तुतिका क्रममा सारङ्गी वादनमा भरत नेपाली, सन्तोष पाठक, कर्ण गन्धर्व, सन्जोग मल्ल, किम राई, रोशिक जल्धारी, रामु एस।के।, दीपेश नेपाली, किरण महर्जन, अर्जुन वि।क।, हरिशरण नेपाली, रुबेन गन्धर्व रहनेका थिए भने ताल वादनतर्फ भरत बुढाथोकी, नरेश प्रजापति, पोषण घर्ती, खड्ग बुढामगर, सुजन गोपाली, अनिल थापा, रोशन महर्जन, प्रविन महर्जन, प्रवेश महर्जन, मछिन्द्र बुढामगर, दीपेश राई, दिवस लिम्बू, भूमराज राई, सन्दिप राईलगायतका कालकारले आफ्नो कला प्रस्तुत गरेका थिए । सो क्रममा टुङ्ना समूहमा छेवाङ तेन्जिङ लामा, मिङ्मार लामा, दावा वाङ्गेल लामा, विवेक तामाङ, केलसाङ दोर्जे, पेमा लामा, प्रभात लामा रहनेका थिए । गिटारमा देव राई, लोकराज राई, दिवश श्रेष्ठ, क्षितिज कुलुङ र अजय लामा, आयुश अधिकारी रहेका थिए ।
यसै गरी बाँसुरी तथा सनाईमा गोपालदेव घतानी, धनबहादुर गुरुङ, एकडियनतर्फ शिलाबहादुर मोक्तान, मुर्चुङ्गामा हिरन राई र मेन्डोलियनमा डम्बर पहाडीको प्रस्तुति रहेको थियो । कोरस गायनमा सञ्जय सुब्बा, रुपक चौधरी, साजन राई, इन्द्र गुरुङ, आकाश थापा, निशा लिम्बू, रनु थापा, दुर्गा परियार, जसराज राई, जंग पहाडी, योजन लामा, गंगा राई, मुन्ना गुरुङ, किरण थापा, रोजी श्रेष्ठ, जितेन्द्र चौधरी सहभागी भएका थिए ।
महासंघका महासचिव प्रेमनाथ अधिकारीका अनुसार महाधिवेशन उद्घाटन समारोहमा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय गान, अन्तर्राष्ट्रिय गीत ९उठ जाग भोका नाङ्गा० र सोलिडारिटी गीत ‘हामी जित्ने छौँ’ प्रस्तुत हुनेछन् भने साँझ सांस्कृतिक कार्यक्रममा पालम, साकेला, मैथिली, नेवारी, भोटे, तामाङ, शेर्पा, कौरा, हुर्दङ्या थारु, सोरठी, देउडा, पन्चेबाजाका साथै सारङ्गीलगायतका लोकबाजका मौलिक धुन प्रस्तुत गरिएको थियो ।`
साङ्गीतिक कार्यक्रमका संयोजक तथा निर्देशक प्राज्ञ राईले लोकबाजाहरूको आर्केष्टासहितको साङ्गीतिक प्रस्तुति साँच्चिकै ऐतिहासिक र भव्य भएको अनुभव सुनाए । राईले– “देशका सबै क्षेत्रबाट आउनुभएका महाधिवेशन प्रतिनिधि, लाखौँ जनसमुदाय र विभिन्न मुलुकबाट आउनुभएका विदेशी पाहुनाका अगाडि लोकबाजाको आर्केष्टासहितको साङ्गीतिक प्रस्तुति दिन पाउनु हाम्रा लागि अत्यन्त गारैवको क्षण सावित भएको अनुभूति भएको छ । यो नेपाली सङ्गीतको इतिहासमा कोशेढुङ्गा हो भन्ने मलाई लागेको छ ।”