विश्व दोङ नेतृत्वको पहिलो काम
काठमाडौं–तामाङ कलाकारहरुको छाता संगठन नेपाल तामाङ कलाकार संघ ‘दोस्रो तामाङ सेलो संगीत महोत्सव’ गर्ने तयारीमा जुटेको छ । महोत्सवको तयारी अन्तर्गत मिति र स्थान तय गरिनुका साथै अवधारणा पत्र समेत सार्वजनिक गरिएको छ ।
हालै निर्वाचित विश्व दोङ नेतृत्वले आफ्नो कार्यकालको पहिलो काम अन्तर्गत यही मंसिर २४ र २५ गते यो महोत्सव गर्ने भएको हो । बौद्धस्थित होटल हायातको खुल्ला मैदानमा हुने महोत्सवले तामाङ सभ्यता र संगीत संस्कृतिको संरक्षण र पुस्तारण गर्ने उद्धेश्य बोकेको संघका अध्यक्ष विश्व दोङले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवको मूल आकर्षणका रुपमा ताम्बा संस्कृति रहनेछ । जसले डम्फूको महत्वमाथि प्रकाश पार्नेछन् । ‘मौलिक सेलो गीतहरुको प्रश्तुती पनि रहनेछ ।’,दोङले जानकारी दिनुभयो ।
उहाँले डम्फू अर्थात् ताम्बा संस्कृतिसँगै आउने तामाङ सेलो संगीतमार्फत तामाङ जातिको पुर्खा,इतिहास,पहिचान तथा सभ्यताको जगेर्ना गर्न सेलो संगीत महोत्सव उपयोगी सावित हुने तर्क गर्नुभयो ।
ताम्बा तथा डम्फू संस्कृतिसँग तामाङ समुदायको प्रथाजन्य कानुन समेत जोडिएको उल्लेख गर्दै उहाँले यो समुदायको संगीत र खाना संस्कृतिको प्रवद्र्धनका लागि राज्यको कानुन बाधक रहेको धारणा व्यक्त गर्नुभयो । ‘मौलिक खानाको विषय पनि जोड्ने हाम्रो प्रयास रहनेछ तर हाम्रा मौलिक खाना कुन हो भन्नेमा हाम्रा विज्ञहरुनै अलि स्पष्ट भएनन् कि भन्ने लागिरहदा प्राय हाम्रा खानेकुराहरु सार्वजनिक रुपमा बर्जित रहेको पाईयो ।’–अध्यक्ष दोङले भन्नुभयो ।
यसअघि सञ्जिव वाईबा नेतृत्वमा ‘तामाङ मौलिक सेलो संगीत तथा खाना महोत्सव’ सम्पन्न गरेको विगत स्मरण गराउँदै आयोजकले पछिल्ला समय कोभिड–१९ महामारीका कारण निरन्तरता दिन नसकिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा सार्वजनिक अवधारणापत्र :