काभ्रे–पूर्व मन्त्री राजेन्द्र खरेल परिवारको सहयोगमा नेपाली काँग्रेस काभ्रेको पार्टी कार्यालयको तेश्रो तल्लामा निर्माण भएको ‘राजेन्द्र खरेल सभाहल’ बिहीबार हस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमकाविच पूर्व महिला बालबालिका मन्त्री एवं नेपाली काँग्रेसका अग्रज निष्ठावान नेता रोजेन्द्र खरेलले नै सभाहल नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।

साथै सभाहल शिला अनावरण तथा रिबन काटेर पूर्व मन्त्री एवं नेपाली काँग्रेसका खरेलले उद्घाटन गर्नुभयो । १३ सय स्क्वायर फिटमा फैलिएको सभाहल खरेल परिवारबाटै रु ३० लाख रुपैया लागतमा निर्माण गरिएको राजेन्द्र खरेलका सुपुत्र, नेपाली काँग्रेसका प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार एवं पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री खरेलले राजनैतिक जीवनमा पार्टीलाई थोरै भएपनि योगदान गर्न पाएकोमा खुशी भएको बताउनुभयो । कार्यक्रममा जिल्ला सभापति मधु अचार्यले आफ्नो कार्यकालमा भवन बनेको र त्यसमा पनि व्यक्तिगत खर्चमा खरेल परिवारले हल बनाएर पार्टीलाई हस्तान्तरण भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !