‘बुबाआमाप्रतिको सच्चा सम्मान चन्द्रदेव फाउण्डेशन’

  • नमोबुद्ध संवाददाता,

धुलिखेल–तिहारको लक्ष्मी पूजाको दिन वरिपरि सबैको घरमा झिलीमिलीको रौनक थियो,दाजुभाई र दिदीबहिनीबिचको सद्भाव प्रतिक तिहारको आगमनमा खुसी नहुने को नै हुन्छ र ? त्यहि बेला घरका अभिभावक गुमाउनुपर्दा अवस्था के होला ?

४ वर्ष अघि तिनै बज्रपात सहेका काभ्रे रोशी गाउँपालिका अध्यक्ष समाजसेवी डिबी लामाको परिवारलाई अझै पनि तिहार खल्लो लाग्छ । रोशी क्षेत्रका एक कुशल राजनीतिज्ञ समाजसेवी उहाँका पिता देव सिं मोक्तान तामाङको निधन भएपछि मोक्तान परिवारमा त्यो सम्झना संधै पिडा बनेर आइरहन्छ । त्यो परिवारले हजारौं मान्छेहरुको भिडमा जत्ति खोजेपनि बुबाको अनुहार कहिल्यै भेट्दैन ।

तिनै पिडामाझ सच्चा अभिभावकको खोजीका क्रममा एउटा सिर्जनाको जन्म भयो–‘आपा आमा’ । डिबी मोक्तानको शब्द रचना,अमृत लामाको संगीत र स्वर रहेको गीतमा बुबा आमा जिउँदो भगवान रहेको पुष्ट्याईं त छंदैछ,मरिसकेपछि अनेक धामहरु धाउनुभन्दा जिउँदैमा खुसी राख्न सक्नुपर्ने कर्तव्यबोध गराउँछ ।

‘जब राती ८ बजेपछि दाजुको कल आउँछ,पक्कै मेरो बुबाले नै गर्न लगाएको हुनुपर्छ भन्ने लाग्छ । झस्कीन्छु हैन रहेछ,दिउँसो भेट्ने हजारौंको भिडमा म खोज्छु तर बुबालाई भेट्टाउन सक्दिन ।’–‘आपाआमा’ सिर्जना सार्वजनिक कार्यक्रम सुरु हुदै गर्दा देव सिंका कान्छो छोरा गौरवले भनेको यो कुराले माहौल भावुक बनायो ।

स्वागतको क्रममा माईलो छोराको भनाईमा भेटिएको बुबा र सन्तानबिचको सामिप्यता भाव र गीतमा व्यक्त भावले झनै धेरेको आँसु रसाए ।

देवसिं तामाङको पाँचौं स्मृति दिवसमा विहीवार सुप्रसिद्ध गायिका एवं बौद्ध भिक्षुणी आनि छोईङ डोल्माको बाहुलीबाट सार्वजनिक गरिएको गीतको भिडियोमा देव सिंका माईलो छोरा अर्थात तामाङ चलचित्र संघका अध्यक्ष,नायक कुमार मोक्तान,नायिका चांदनी मोक्तान,रोशन फ्युबा लगायतका कलाकाहरुको सशक्त अभिनय छ,जसमा बालबच्चा हुर्काउन बुबाआमाले गरेको संघर्षमार्फत आमाबुबाको माया ममता छचल्किएको छ । जुन भिडियो नायक मोक्तान आफैंले निर्देशन गर्नुभएको हो । चन्द्रदेव मोक्तान फाउण्डेशनद्धारा निर्मित भिडियो जिग्मे मिडियाको युटुव च्यानलमा हेर्न सकिन्छ ।

‘बुबाआमाप्रतिको सच्चा सम्मान चन्द्रदेव फाउण्डेशन’

रोशी क्षेत्रका समाजसेवी तथा राजनीतिज्ञ स्व.देव सिं तामाङ मृगौला फेल भएर डेढ दशक लामो समय थला पर्नुभयो । यो बिचमा उपचार र आवश्यक साहरा निर्वाहका क्रममा १० छोराछोरी रहेको उहाँका परिवारले मायाको अभाव हुन दिनुभएन । ‘जन्मेपछि मर्नुपर्छ,सबै भौतिक चीजहरु त छाडेर जानुपर्छ नै तर मेरो मुटुचाहिं कहिल्यै नटुक्राउनु है !’ बुबा बित्नुपूर्व भन्नुभएको यो कुराले डिबी मोक्तानलाई संधै घचघच्याउने गरेको छ ।

बुबा देवसिंले एकताका लागि छोड्नुभएको यो सन्देश मोक्तान परिवरले शिरोउपर गर्दै आएको छ । यसैक्रममा बुबा आमाको नामबाट सामाजिक सेवाका लागि ‘चन्द्रदेव फाउण्डशेन’ स्थापना गरिएको छ । त्यसैको उद्धेश्य अनुसार संसारका मानिसहरुलाई बुबाआमाप्रति सम्मान जगाउन ‘आपाआमा’ गीत भिडियो सहित निर्माण गरि सार्वजनिक गरिएको हो । अकालमा कसैले ज्यान फाल्न नपरोस् भन्ने हेतुले बालबालिकादेखि दिर्घरोगीहरुलाई समेत समेट्ने गरी शिक्षा र स्वास्थ्य सेवा विशेष कार्यक्रम यस फाउेण्डेशनले अघि बढाउने कार्यक्रममा जनाकारी दिईयो ।

‘तत्काल मंगलटारमा पढाई हुने इञ्जिनियरिङ कक्षका २ जनालाई निशुल्क पढाउन सहयोग हुनेछ ।’–फाउण्डेशनका अध्यक्ष समेत रहनुभएका रोशी गाउँपालिका अध्यक्ष एवं रचनाकार डिबी मोक्तानले भन्नुभयो । आमाको सामु यो कार्यक्रम गर्ने तयारी भएपनि मोक्तालने प्रतिकुल स्वस्थ्य स्थीतिका आमालाई सहभागि गराउन भने सक्नुभएन ।
कार्यक्रमका प्रमुख अतिथि बौद्ध भिक्षुणी एवं सुप्रसिद्ध गायिका आनि छोईङ डोल्माले मोक्तान परिवारको प्रयासको प्रसंशा गर्नुभयो ।

उहाँको भनाई छ–‘बाहिर हेर्दा औंला औंलामा सुनका औंठी लगाउने,महंगा लुगा लगाउने,चिल्ला कार चढ्ने मान्छे मलाई ह्याण्डसम लाग्दैन,ह्याण्डसम त त्यो हो जसले बुबा आमालाई चिन्दछ,जो डिबि मोक्तान जस्तो होेस्,बुबा त बित्नुभयो,आमासँग हुने उहाँको व्यवहार निकै रमाईलो,खुसी तुल्याउने ।’ ‘आपाआमा’ गीतले अनुशासनमा बाँध्न र कतृव्यबोध गराउन प्रेरित गर्ने उहाँको विश्वास छ ।

कार्यक्रममा काभ्रे प्रहरी प्रमुख एसपी भुपेन्द्र बहादुर खत्री,रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पर्शुराम थापा,शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा,समाजसेवी कल्पणा क्षेत्री,नाङसाल एशोसियशन नेपालका अध्यक्ष दिनेश लामा,नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले,फाउण्डेशनका सल्लाहकार मोतिराम तिमल्सिना,नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना,तामाङ कलाकार संघका निवर्तमान अध्यक्ष सञ्जिव वाईबा,तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जन लगायतका अतिथिहरुले ‘आपा आमा’ गीत निकै मार्मिक र सन्देश मुलक बनेको धारणा राख्दै चन्द्रदेव फाउण्डेशनको आगामी यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँहरुले फाउडेशनसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

फाउण्डेशनमार्फत गरिएको यस्ता कार्यक्रमहरुले बुबाआमाप्रतिको महत्व,गरिमा थप उजागर हुनुका साथै सच्चा सम्मान मिल्ने सहभागिहरुको भनाई थियो । स्थानीय वडाध्यक्ष पोष्टराज गौतमले जनतामाझ भिज्ने स्व. देवसिंको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।

फउण्डेशनका विभिन्न ९ उदेश्यहरुमध्ये सन्देशमुलक डकुमेन्ट्रे तथा भिडियो निर्माणका क्रममा यो भिडियो निर्माण गरिएको कार्यक्रम सञ्चालक राम तामाङले स्पष्ट पार्नुभयो ।

भिडियोसहित हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस !