• शिशिर दोङ,

काभ्रे-परम्परागत धर्म,संस्कार,संस्कृतीमा युवा जमातको चासो घट्दै गइरहेको गुनासो सुनिदै आएपनि उदाहरणीय कामहरु नभएका हैनन् । यहि बेला तामाङ सभ्यताको आदिम थलो तेमाल गाउँपालिका वडा न .५, पाेखरी नारायणस्थानमा स्थानीय युवाको पहलमा बौद्ध र स्वयम्भूको स्तुपा निर्माण कार्य भइरहेको छ । स्थानीय जुझारु युवा बिकेस तामाङ्को पहलमा यो कार्य भइरहेको हो ।

सुरुमा आफुले यो ठाउँमा तामाङ बौद्ध मार्गिहरुको लागि पुजा गरि पितृको नाममा वत्ती बाल्न सजिलो र सिंगो तेमालको एतिहासिकता उजागर गर्न टेवा पुगोस भन्ने हेतुले यो कार्य सुरु भएको बिकेसको भनाई छ । साउन अन्तिम सातादेखि सुरु गरेको यो कार्यमा स्थानीय बासिहरुको अतुलनीय सहयोग रहेको उहाँले बताउनुभयो । यो कार्यमा उहाँलाई विष्णु लामाको पूर्ण साथ रहेको छ ।

यो क्षेत्रका तामाङ बौद्धमार्गिहरु चैत पुर्णिामामा पितृआत्माले शान्ती मिल्ने जनविश्वासका साथ बौद्ध र स्वयम्भु पुगेर वत्ती बल्ने गर्दछन् । काठमाडौं सम्म पुग्न नसकिने भक्तजनलाई ढुङ्गाकाे ज्यराेङ खास्याेर र फाग्पा शिन्कुन (बाैद्व र स्वायम्भु ) स्थापना गरी पुर्खाहरूको नाममा पुजा गर्ने वातावरण अहिले तेमाल नारायणस्थानमै बन्दै गएको हो ।

“हाल सोही स्थानमा परापुर्व कालम पुर्खाले पितृको नाममा पुजा गर्दै आईरहेका ढुङ्गालाई संरक्षण गर्दै भवि पुस्ताले पनि पुर्खाहरूकाे याे इतिहासलाई सम्झिरहुन् भनेर यस ढुंगालाई यथा स्थानमै राखि ज्यराेङ खास्याेर र फाग्पा शिन्कुन ( बाैद्व र स्वायम्भु) काे सानाे स्तुपा निर्माण कार्य गरिरहेका छौं ।”-बिकेसले भन्नुभयो ।

अहिले रङ रोगन कार्य भैरहेको र कार्तिक महिना भित्र निर्माण सम्पन्न गराउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यका लागि झन्डै तीन लाख रकम खर्च हुन्छ ।

प्रतिक्रिया दिनुहोस !