- नमोबुद्ध संवाददाता,
काभ्रे-रोशी गाउँपालिकाले अपांगता भएका २६ जनालाई परिचपत्र वितरण गरेको छ । रोशी गाउँपालिकामा स्थायी बसोबास गर्ने ‘क’ वर्गका १८,’ग’ वर्गका ६ जना र ‘घ’ वर्गका २ जनाले अपांगता कार्ड पाएका हुन् ।
पालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाले जनप्रतिनिधिहरु जतिखेर पनि जनताप्रति समर्पित हुनुपर्ने भएकोले दशैको मुखैमा पनि शिविर राखेर कार्ड वितरण गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रम अधिकृत धनबीर तामाङले सरकारले अपांगता भएको व्यक्तिहरुलाई दिइनर सुविधाबाट कोही पनि बन्चित नहोस् भनेर परिचय पत्र वितरण गरेको स्पष्ट पार्नुभयो ।
अपांगता भएका व्यक्तिहरुले अपांगताको प्रकृति हेरेर वर्ग अनुसार सरकारबाट मासिक भत्ता पाउने गरेका छन् ।