• नमोबुद्ध संवाददाता,

पाँचखाल-कृषि शहरको रुपमा अघि बढेको काभ्रेको पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने भएको छ । नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा  ‘स्मार्ट सिटी’ (सबल, सक्षम, समाबेशी र सम्बृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने भएको हो ।

यस विषयमा मंगलबार समझदारी भएको छ । नगरलाई ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालीका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाण्डौंबीच विभिन्न सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ ।

पाँचखाल नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको ‘स्मार्ट सिटी’ निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, जग्गा एकीकरण, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन्न स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्ने उद्धेश्यले विभिन्न सात वटा बुँदालाई मुख्या आधार बनाएर समझदारी पत्रमा हस्ताक्षर गरिएको नगरप्रमुख खरेलले स्पष्ट पार्नुभयो ।

के-के भयो समझदारी ? हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस !