समीक्षा वैठक : सिप्रेड स्थानीय किसानको सारथी
- नमोबुद्ध संवाददाता,
तेमाल-काभ्रेको तीन स्थानीय तहमा संचालित सिप्रेडको Speed for life परियोजनाको उपलब्धी र आगामी कार्यक्रमबारे छलफल गरिएको छ । तेमाल गाउँपालिका वडा नं १ का वडाअध्यक्ष मान बहादुर श्रेष्ठको अध्यक्षतामा पालिका उपप्रमुख दुर्गमाया तामाङको प्रमुख अतिथित्यमा गत बिहीबार समन्वय तथा समीक्षा वैठक नै भयो ।
बैठकमा परियोजनाका स्थानिय स्रोतव्यक्ति चमार सिंह लामा र रत्न भण्डारीले स्थानीय किसानहरुले भोगिरहेको समस्य,स्थानीय सरकारले गर्न सक्ने सहयोगको अपेक्षा,गुनासो तथा परियोना लागू भइसकेपछि स्थानीय किसानहरुमा आएको परिवर्तनबारे जानकारी गराउनुभएको थियो ।
परियोजनाका कार्यक्रम अधिकृत नवराज न्यौपानेले परियोजना लागू भएदेखि हाल सम्मको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बीउ उत्पादन देखि असल कृषि अभ्यास सम्मका तालिमहरुमा किसानहरुलाई सहभागी गराएको,मसला बाली प्रशोधन मेसिन तथा बीउ उत्पादनमा आवश्यक मेसिनहरु हस्तान्तरण भएको,मोबाइल मेसेजबाट कृषि प्रबिधि तथा मौसम सम्बन्धी जानकारीका साथै रेडियोबाट कृषि कार्यक्रम प्रसारण गर्नुले पनि पनियोजना किसानको सारथि बन्न सफल भएको उहाँको दावी थियो ।
तेमाल गाउँपालिका वडा नम्बर १ मा रहेको पञ्चकन्य तरकारी बीउ उत्पादक सहकारी संस्थाका अध्यक्ष धुर्वराज पाण्डेले परियोजनाले किसानहरुको आर्थिक उन्नतिका साथै प्राविधिक ज्ञानको समेत वृद्धि विकास गरि सचेत बनाएको बताउनुभयो । हप्ताको ३ दिन अगुवा किसानहरुको मोबाईलमा काठमाडौंको कालिमाटी बजार र काभ्रेको बनेपा तरकारी बजारको मूल्य सुचिका साथै मौसम सम्बन्धि प्राप्त जानकारीले एकदमै सहयोग पुगेको उहाँको भनाई छ ।
प्राविधिक सहयोगको क्रममा कोभिड १९ महामारिको संकटमा पनि सिप्रेड कृषि प्राविधिक नारायण खत्री निरन्तर किसानहरुको खेतबारीमा खटिदा किसानहरुमा थप उर्जा मिलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो -“एउटा गैरसरकारी संस्थाले किसानहरुको समस्यामा यसरी सहयोग गरिरहँदा स्थानिय सरकारबाट भने हौसलापूणर् काम अलि कम देखियो ।” तेमाल गाउँ पालिकाको कृषि प्राविधिकहरुलाई वडाको सचीवको भुमिका दिनुले पनि स्थानीय सरकार कृषीमा जिम्मेवार नभएको जस्तो देखिएको उहाँको धारणा छ ।
त्यस्तै तेमाल २ चुखामा रहेको सुर्योदय बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष आसमान लामाले परियोजनाले किसानको दैनिक कृषी कार्यमा सहयात्रीको भुमिका निर्वाह गर्न सफल भएको बताउनुभयो । मसला बाली तथा तरकारी बीउ उत्पादन कार्यको लागि तालिमका साथै मेसिनहरुको समेत उपलब्ध गराएकोले किसानहरु परियोजना प्रती निकै सकारात्मक रहेको उहाँको भनाई छ ।
छलफल कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष तिमाल सिं तामाङले आफू पनि किसानकै छोरा भएकोले सदा किसानको उज्वल भबिष्यका लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो-“गरिवको मसला खोर्सानी हो यसको उत्पादन गर्न लगानी,खटाइ र ज्ञान चाहिन्छ । यस खाले मसला बालीको विकास गरी स्थानीय किसानको आर्थिक जीवन उकास्न हामिले वडाबाट सक्ने सहयोग जारी राख्नेछौं ।”
कार्यक्रमको अक्ष्यक्षता गरेका वडा नं १ का वडा अध्यक्ष मान बहादुर श्रेष्ठले परियोजनाले स्थानीय किसानहरुको जीवनमा खेलेको भुमिका मत्वपूणर् रहेको बताउनुभयो । आफ्नो वडा कार्यलयलाई समेत उत्प्रेरित बनाएकोले यसपाली प्रत्येक किसानलाई मकैको बीउ पुग्दो वितरण गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमको अन्त्यमा पालिकाका उपाध्यक्ष दुर्गमाया तामाङले उठेका गुनासोलाई सम्बोधन गर्ने क्रममा कृषि प्राबिधिकहरुलाई वडा सचिवको जिम्मेवारी दिनुमा पालिकाको बाध्यता रहेको बताउनुभयो । तेमालको यो समस्या अब दुई/तीन महिना भित्रै समाधान हुनेमा विश्व्स्त हुने उहाँले आग्रह गर्नुभयो । गत आर्थिक वर्षहरुमा पालिकामा कृषि क्षेत्रको प्रस्ताव निकै कम आएको उल्लेख गर्दै उहाँले अब कृषिको विकासका लागि आवश्यक प्रस्ताव ल्याउन समेत किसानहरुमा अनुरोध गर्नुभयो । कउभभम ायच षिभ परियोजनासँग भावी दिनहरुमा सहकार्य गर्न पालिका तयार रहेको उहाँले बताउनुभयो ।
सिप्रेड प्राबिधिक नारायण खत्रीको सञ्चालनमा भएको कार्यक्रममा तेमाल गाउँपालिकाको वडा न १ र २ का अगुवा किसानहरु र कृषि क्षेत्रमा सक्रिय स्थानीय तीन सहकारी संस्थाका पदाधिकारीहरु र स्थानिय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।