आधारभूत स्वास्थ्य केन्द्र पनि नयाँ भवनमा 

  • नमोबुद्ध संवाददाता,

नमोबुद्ध–काभ्रेको नमोबुद्ध नगरपालिका ११ नं. वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थालेको छ । चार बर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको ११ नं. वडाको कार्यालय सोमबारदेखि आफ्नै सुविधासम्पन्न भवनमा सरेको हो । सेवाग्राहीले सहजरुपमा सेवा पाएका छन् ।

वडा कार्यालय भवनसँगै कुरुगाउ आधारभुत स्वास्थ्य केन्द्रको भवनसमेत निर्माण गरिएको छ । यससँगै वडाबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न थप ससहजता आउने भएको छ । नगर प्रमुख तिमल्सिनाले वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको भवनको एकसाथ उद्घाटन गर्नुभएको थियो ।

२०७४ सालको स्थानीय निर्वाचनपछि जनप्रतिनिधि आएपछि निर्माण भएर उद्घाटन भएको वडा नं. ११ को वडा कार्यालय पहिलो हो । वडा कार्यालय ५५ लाख रुपैयाँको लागतमा निर्माण व्यवसायीमार्फत निर्माण भएको हो भने ३३ लाख १० हजार रुपैयाँ तथा १५ प्रतिशत जनसहभागितासहित स्थानीय उपभोक्तामार्फत स्वास्थ्य केन्द्र निर्माण गरिएको हो ।

नमोबुद्ध नगरपालिकाले नगरबासीलाई सहजरुपमा सेवा प्रदान गर्नका लागि वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकतामा राखेको थियो । सोहीअनुसार पहिलो चरणमा वडा नं. ११ सहित वडा नं. ३ र ६ को  वडा कार्यालय निर्माणको काम सम्पन्न गरिसकेको छ । दोस्रो चरणमा वडा नं. २, ७, ८, ९ र ११ को वडा कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !