• नमोबुद्ध संवाददाता,

पाँचखाल-काभ्रेको पाँचखाल नगरपालिकाले किसानको आयआर्जनमा सघाउन उन्नत जातका पाडी वितरण गरेको छ ।

लागत साझेदारीमा मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम अन्तरगत हालै नगरपालिकाले ५ं० प्रतिशत अनुदानमा यो कार्यक्रम सुरुवात गरेको जनाएको छ ।

यस कार्यक्रमको सुरुवातमा वडा नं ५ का कृषकहरुलाई ६० वटा पाडी बितरण गरिएको नगरका पशुविकास शाखा प्रमुख दत्तप्रसाद गौतमले जानकारी दिनुभयो ।

पाँचखाल नगरमा १ सय ५४ वटा पाडी बितरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो ।

व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको बताउँदै नगरप्रमुख खरेलले नगरभरिका किसानलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको बताउनुभयो ।

बितरण गरिएको सबै पाडीको विमा समेत भइसकेको छ ।

नगरपालिकाले पहिलोचरणमा वडा नं ३ मा २५ वटा, वडा नं ५ मा ६० वटा, वडा नं ६ मा २५ तथा वडा नं १३ मा ४४ वटा पाडी बितरण गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस !