
- नमोबुद्ध संवाददात,
काठमाडौं-सिन्धुपाल्चोकको मेलम्चीमा सोमबार बाढी पीडितको समाचार संकलनका लागि पुगेका जन्मभूमि पोष्टका सन्चालक एवं पत्रकार प्रीतम कुमार तामाङ माथी भएको आक्रमणप्रति पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पीडितहरुको आवाजलाई बुलन्द पार्दै आएका पत्रकार तामाङ माथी भएको अकल्पनीय घटना प्रती काठमाडौं महासंघले आपत्ति जनाउँदै विज्ञप्ति मार्फत घटनाका दोषी पत्ता लगाई कडा कारबाही गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ; “समाचार संकलनका लागि जाँदै गर्दा अराजक समुहबाट भएको सो घटनाले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारले बिना रोकतोक समाचार संकलन गर्न पाउने संविधानप्रदत्त अधिकार माथी ठाडो हस्तक्षेप भएको ठहर छ।”
पत्रकार तामाङ माथी आक्रमण गर्ने दोषी पत्ता लगाई आइन्दा यस्तो कार्य हुन नदिन सचेत रहन आग्रह गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रहरी प्रशासनसहित सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।
महासंघले आफ्ना सदस्य पत्रकार तामाङको संचार साधन माथी भएको क्षतीको उचित क्षतिपूर्ति दिलाउन समेत माग गरिएको छ ।
पत्रकार तामाङ राहत सहित हेलम्बुका बाढी पीडितहरुको समाचार संकलनका लागि त्यस तर्फ जाने क्रममा मेलम्चीमा केही व्यक्तिहरुको आक्रमणमा परेका थिए । आक्रमणमा निजको क्यामेरामा क्षति र देब्रे खुट्टामा चोट समेत पुगेको छ ।
उहाँ गत असार १ गते हेलम्बु-मेलम्ची क्षेत्रमा आएको भीषण बाढीको समाचार संकलनमा निरन्तर लागिरहनुभएको थियो ।
विज्ञप्ति हेर्नुहोस् :