• नमोबुद्ध संवाददाता,

काभ्रे–पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले घुर्की देखाउने,निहुँ खोजेर बस्नेभन्दा तोकिएको समयमै पार्टीको अधिवेशन गर्न नेकपाको नेतृत्वलाई आग्रह गर्नुभएको छ । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले अहिलेको नेतृत्वले अधिवेशन गर्न नसक्ने, पार्टी एकताको भावनाअनुसार काम गर्न नसक्ने हो भने युवा पुस्तालाई नेतृत्व हस्तान्नतरण गर्न चुनौती दिनुभयोे ।

मंगलबार नमोबुद्ध नगरपालिकाको सातौं स्थापना दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले नेकपाले चुनावको समयमा जनतासमक्ष गरेको प्रतिवद्धतालाई बिर्सन नहुने बताउँदै कार्यकर्तालाई निराश बनाउने काम नगर्न नेतृत्वलाई खबरदारी गर्नुभयो । युवा नेता बाँस्कोटाले नेकपा फुटाउने दृष्टता कसैले पनि गर्न नसक्ने भन्दै लोकतान्त्रिक विधिबाट निर्धारित समयमा नै पार्टीको अधिवेशन गर्न आग्रह गर्नुभयो ।

‘पार्टीको शिर्ष नेतृत्वले अधिवेशन गर्न सक्दैन भने भनोस् हामी गरेर देखाउने छौँ’ बाँस्कोटाले भन्नुभयो । उहाँले पार्टीभित्र केही आग्रह पूर्वाग्रह हुने भन्दै कुनै कमजोरीमा टेकेर एउटा पक्षले अर्को पक्षमाथि लक्षित गरेर हमला नगर्न नहुने बताउनसभयो ।

बाँस्कोटाले नेपाली काँग्रेसका केही नेताहरु नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विवादमा हस्तक्षेप गर्न आएको आरोप पनि लगाउनसभयो । नेपाली काँग्रेस पार्टीमा पनि आन्तरिक विवाद भएको बताउँदै नेकपा आफै सुध्रिने र आफैँ लड्ने भएकोले नेकपाको विवादमा हस्तक्षेप नगर्न काँग्रेस नेतालाई समेत चुनौती थियो ।

बाँस्कोटाले नेकपामा तलमाथि भएको खण्डमा नेपालको राजनीतिक व्यबस्थाका साथै संघियता, लोकतन्त्र समेत खतरामा पर्ने बताउनुभयो । उहाँले नेताले दायित्वबोध गरी जवाफदेहिताका साथ आफ्ना कदमहरु चाल्नुपर्ने बताउनसभयो ।

कार्यकर्ताको भावनामाथि बञ्चरो प्रहार गरेर शक्तिको तुजुक नदेखाउन शिर्ष नेतालाई उहाँले खबरदारी समेत गर्नुभयो । राजावादीले देशका विभिन्न स्थानमा भएका प्रर्दशन प्रति लक्षित गर्दै देशमा लावण्य देशको जस्तो राजा चाहिएको भएमा प्रर्दशनहरु गर्न छुट भएको उहाँले बताउनुभयो ।

वर्तमान सरकार नेपालको संविधान कार्यान्वयन गर्ने चुनौती, भुकम्पको चुनौती, नाकाबन्दीको चुनौती र कोरोना भाइरसको चुनौतीको सामाना गर्दै अघि बढेको बताउँदै उहाँले देशमा केही काम भएन भन्नेहरुका लागि विभिन्न क्षेत्रमा भएका कामले जवाफ दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !