नमोबुद्ध संवाददाता,
पाँचखाल–“पाँचखाल नगर कृषि सहर” भन्ने अवधारणालाई मुर्त रुप दिन पाँचखाल नगरपालिकाले विभिन्न प्रयास थालेको छ । केहि दिन अघि नेपाल सरकारको सुपरजोन कार्यक्रमसँग सहकायृ गर्न सम्झौता गरेको नगरपालिकाले किसानलाई आवश्यक ऋण दिई व्यवसायिक कृषि कर्ममा हौसला दिने भएको छ ।
यसै सन्दर्भमा एभरेष्ट बैंक लिमिटेडसँग बैंकको आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा सोमबार काभ्रेको पाँचखाल नगरपालिकासँग कृषिऋण प्रदान सम्बन्धी सम्झौता गरिएको छ । यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउने छ ।
सम्झौतापत्रमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगीले हस्ताक्षर गर्नुभएको छ ।
नगरपालिकाले यस सम्झौताबाट पाँचखालका किसानको लागि सहुलियत रुपमा व्याज लाग्ने गरी ऋण पाउने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिनुभयो ।