-
नमोबुद्ध संवाददाता,
पाँचखाल–काभ्रेको पाँचखाल नगरभित्रका २ वटा सडकको पिच शुरु भएको छ । पाँचखालको तामाघाट, श्रीरामपाटी हुँदै बोहोरेदोभान जाने सडक र समाजकल्याणबाट रामपुर जाने सडक धमाधम पिच भइरहेको हो ।
हालै दुबै सडकको पाँचखाल नगर प्रमुख महेश खरेलले पिचको गुणस्तर परीक्षण अनुगमन गर्नुभयो । तामाघाटबाट श्रीरामपाटी सम्मको २ किलोमिटर लम्वाई र ७ मिटर चौडाईको सडक बनेको छ ।
पाँचखाल नगरप्रमुख खरेलको पहलमा तत्कालिन भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले उक्त सडक निर्माणको लागि ४ करोड रुपैया विनियोजन गर्नुभएको थियो । उक्त सडकको प्रदेज घिसिङ गणपति निर्माण सेवाले ठेक्का पाएको थियो ।
त्यस्तै पाँचखाल नगरपालिकाको बजेटमा समाजकल्याणबाट रामपुर जाने सडक पनि पिच भईरहेको छ । ‘एक वडा एक पिच’को अवधारणा ल्याएको पाँचखाल नगरले पिच नपुगेको वडामा पनि चाँडैनै पिच बाटो पुर्याउने नगरप्रमुख खरेलले जानकारी दिनुभयो ।