• नमोबुद्ध संवाददाता,

धुलिखेल–नोवल कोरोना भाइरस(कोभिड १९) का कारण काभ्रेका एकको ज्यान गएको छ । प्यान्कृयाजको समेत समस्या भएका पनौती नगरपालिका ३ का ४१ वर्षका ती परुषको काठमाडौंमा उपचारको क्रममा  मृत्यु भएको हो ।

ती व्यक्तिलाई २७ गते काठमाडौं मेडिकल कलेज भर्ना गरिएकोमा कोरोना संक्रमणको आशंकामा २८ गते स्वाब संकलन गरिएको थियो ।
२९ गते कोरोना संक्रमण पुष्टि भएको र उनको भदौ ३० गते मंगलबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो–“आफ्नै कामको सिलसिलामा काठमाडौंमा रहेका ती व्यक्तिको प्यान्कृयाज विग्रेको रहेछ,परीक्षणको क्रममा पछि कोरोना पनि देखिएको जानकारी आयो,तीनै व्यक्तिको मृत्यु भएको हो ।”

डा. झाका अनुसार अहिलेसम्म योसहित कोरोना संक्रमणका कारण काभ्रेका ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !