नमोबुद्ध संवाददाता :

धुलिखेल–नेपाली खस भाषामा सिरियल निर्माण नयाँ नौलो भएन,अहिले चल्तीका स्याटेलाइट प्रविधिका टेलिभिजनदेखी केवुल र युट्युव च्यानलसम्म थुप्रै सिरियलहरु प्रशारण भईरहेका हुन्छन् । सिमित स्रोत र साधनको चुनौतीकाबिच तामाङ भाषामा सिरियलको निर्माण हुनुचाँहि सामान्य हैन ।

आदिवासी जनजाती भाषा र संस्कृतिका टेलिसिरियलमा टेलिभिजन गृह तथा प्रोडक्सन हाउस्हरुका चासो खासै नदेखिएको सन्दर्भमा तामाङ भाषाको सिरियल ‘आबा ङाछा’ ले आफ्नो शिखरको बाटो तय गरिरहेको छ ।

तामाङ भाषाको सिरियलकै कुरा गर्नु पर्दा पहिलो पटक धर्ज्यु नामक सिरियलको निर्माण भएको हो भने त्यसलगत्तै सुरु गरिएको आबा ङाछा नामक सिरिय इतिहास बनाउँदै अघि बढेको हो । अहिले यो ५८ औं भाग पुग्न सफल भएको छ । यो तामाङ टेली सिरियल इतिहासमा पहिलो पटक हो । सबिता लामा र फुलमान स्याङतानको निर्माणमा यो टेली सिरियललाई सिने पत्रकार जयन कुमार मोक्तानले निर्देशन गर्दै आउनुभएको छ ।

सुरेन्द्र तामाङ ब्यबस्थापक रहेको सिरियल तामाङ समुदायको बहुल्यता रहेको बस्तीहरु काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट लगायतका जिल्लाहरुमा छायाङ्कन हुदै आएको छ ।

सिरियलमा मनोरञ्जनात्मक शैलीमार्फत तामाङ समुदायको संसकृति प्रवद्र्धनात्मक घटना, परम्परा, संस्कार संस्कृतिलाई उजागर गर्दै आएको निर्देशक मोक्तान बताउनुहुन्छ ।

यो सियिलमा डुप्साङ तामाङको शिर्ष गीत छ,जहाँ प्रयास दोङको संगीत र स्वर सुन्न सकिन्छ । रामजी घलानको क्यामेरामा यो सिरयिलमा जयन कुमार मोक्तान, फुलमान स्याङतान, उदास लामा, गोर्खा घिसिङ, सन्तोष लामा, मिश शंखु, सुस्मिता घ्लान, सुरेन्द्र तामाङ, बिशाल मोक्तान, मिना दोङ, सुनमाया दोङ, सुकमान लामा, रिना लामाखोर, उत्तर लामा, बिमल लामा, सुदिप लामा, रामजी घलान लागयतका कलाकारहरुले अभिनय गर्दै आउनुभएको छ ।

‘आबा ङाछा’ को ५८ औं भाग

प्रतिक्रिया दिनुहोस !