• नमोबुद्ध संवाददाता

काठमाडौं– नेपालमा थप ९ जनामा नोभल कोरोना भाइरस(कोभिड १९) संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ विभिन्न जिल्लाको गरि थप ९ जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो संगै नेपालका कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपि कोइराला स्वास्थ्य विज्ञान प्रयोगशाला धरान, भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको नमुना परिक्षणमा थप ९ जनामा साँझ कोरोना पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा पर्साका ९,१० वर्षिय बालक,२३,४७ वर्षिय महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षिय पुरुष, दाङ गढुवा, तुलसीपुर निवासी २३,३६,३४ वर्षिय पुरुषहरु र काठमाडौं संतुंगल निवासी ७ वर्षिय बालक रहेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !