-
नमोबुद्ध संवाददाता
काभ्रे–जिल्लाको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको १ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परिक्षणमा १ जना गरि थप २ नोभल कोरो भाइरस (कोभिड १९) संक्रमितको फेला परेको छ । बुधबार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।
मन्त्रालयका अनुसार धुलिखेल अस्पताल काभ्रेमा गरिएको परिक्षणमा संक्रमण पुष्टि हुनेमा बाँके जिल्ला नेपालगन्ज ८ निवासी ३६ वर्षिय पुरुष र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परिक्षणमा कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका ५ निवासी २२ वर्षिय पुरुष रहेका छन् । उनीहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
धुलिखेल अस्पतालमा आज कोरोना पुष्टि हुने व्यक्तिको नमुना टेकु अस्पतालबाट पठाएको हो । यसअघि पनि अस्पतालले टेकुबाट पठाएका नमुनाको परिक्षण गरिदैँ आएको थियो ।