• नमोबुद्ध संवाददाता

चैत्र २५, काठमाडौं–यस वर्ष हुने कक्षा ११ र १२ को वार्षिक परिक्षा स्थगित हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले मंगलबार बसेको दिउसो बसेको बैठकले अर्को सूचना जारी नभए सम्मका लागि परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले यसअघि  कक्षा १२ को परिक्षा वैशाख ८ गतेदेखि सुरु हुने र कक्षा ११ को परिक्षा वैशाख २१ गतेदेखि सुरु हुने गरि सूचना प्रकाशन गरेको थियो ।

सरकारले यो कोरोना भाइरसको संक्रमणले विश्व महामारीको रुप लिएको र नेपालमा पनि देखिने सम्भावना भएको भन्दै चैत्र ६ गतेदेखि सुरु हुने एस्ईई परिक्षा पनि स्थगित गरेको थियो ।

यस वर्षकक्षा ११र १२ को वार्षिक परिक्षामा करिब ९ लाख परिक्षार्थीको सहभागी हुनेछ

प्रतिक्रिया दिनुहोस !