-
नमोबुद्ध संवाददाता
चैत्र २४,काठमाडौ– कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन ८ दिन थप भएको छ । नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा पुगे संगै आज (सोमबार)मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको छ ।
दोस्रो चरणको लकडाउन चैत्र २५ गते राती सकिदै गरेको अवस्थामा फेरि लकडाउनको अवधि थपेर बैशाख ३ गतेसम्म हुने भएको हो । कोभिड १९ को संक्रमण स्थानियमा पनि देखिएकोले संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन लम्बिएको श्रोतले जनाएको छ ।
अहिले नेपालमा कोरोना भाइरसको संक्रमित ९ जन रहेकोमा १ जना उपचार पश्चात निको भयो भने बाकी ८ जनाको उपचारको क्रममा रहेको छ ।