-
नमोबुद्ध संवाददाता
धुलिखेल–पुर्व मन्त्री एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का सदस्य तथा नेकपा काभ्रेका इन्चार्ज गोकुल बास्कोटाले राष्ट्रिय युवा संघ र अनेरास्ववियु काभ्रे मार्फत काभ्रे जिल्लामा रहेका ७ वटा स्थानीय तहमा दुईरदूई कार्टुन सेनिटाइजर उपलब्ध गराएका छन् ।
स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरुका लागि पुर्व मन्त्री बास्कोटाले जिल्लाको मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा भुम्लु, चौरीदेउराली, तेमाल, खानीखोला र बेथान्चोक गाउँपालिकामा प्रति स्थानीय तह दुई/दुई कार्टुन सेनिटाइजर उपलब्ध गराएको अखिलका केन्द्रिय सदस्य तथा नेकपा जिल्ला सदस्य जेनिस लामाले जानकारी दिनुभयो । राष्ट्रिय युवा संघ र अनेरास्ववियुको टोलीले जिल्लाका सातवटै स्थानीय तहमा पुगी जनप्रतिनिधिहरुलाई उक्त सेनिटाइजर उपलब्ध गराएका छन् ।
पूर्वमन्त्री बाँस्कोटाले आइतबार सामाजिक संजालमार्फत स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि नौ सय ३० बोत्तल सेनिटाइजर र केहि सर्जिकल मास्क युवा विद्यार्थीमार्फत हस्तान्तरण गर्ने बताउनु भएको थियो ।