
-
नमोबुद्ध संवाददाता
चैत्र २४,धुलिखेल–महाभारत गाउपालिकामा कोरोना भाईरस(कोभिड १९) संक्रमण रोकथामको लागि उच्च जोखिम वा शंस्कास्पद व्यक्तीहरुलाई राख्न अहिलेसम्ममा ३५ बेडको क्वारेन्टाईन बनेको गाउँपालिकाका प्रमुख कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।
स्थानिय स्रोतसाधन को अधिक्तम प्रयोग गरि बनाएको क्वारेन्टाइन, जस्मा महासिद्धि प्रावि भवन हाल विद्यालय मर्ज पस्चात खाली भवन मा ८ बेड , वडा नं ५ को वडा कार्यालयमा ६ बेड गाउँपालिकाको पुरानो भबनमा ७ बेड, घर्तिछाप स्वास्थ्य चौकीमा ४ बेड ,भैरव माबिको भबन धापमा ६ बेड र बाल उज्जाल प्राबि मा ४ बेड गरि ३५ बेडको क्वारेन्टाईन बनेको हो ।
गाउँपालिकाले क्वारेन्टाइन अर्थात एकान्तबासमा रहॅंदा खाना,स्वास्थ्य जॉच, सुरक्षा ,व्यक्तीगत सरसफाइको किटबक्स सामान पनि निशुल्क वितरणको व्यवस्था गरिएको पालिका प्रमुख जिम्बाले बताउनु भयो ।
नेपाल सरकार र जनप्रतिनिधीको चासो र कर्तव्यको विषय मात्र नभएर प्रत्येक नागरीकले लकडाउनको निर्देशन पालना गर्नु सच्चा नागरीकको कर्तव्य पनि हो भन्दै उहाँले कुनै पनि शंका लागेको ब्याक्तीहरु भेटिएमा तुरुन्त गाउँपालिकामा अथवा नजिक को स्वास्थ संस्थामा सम्पर्क गर्न आग्रह समेत गर्नु भयो ।
गाउँपालिकाको वडा नं. २ को १ जना ब्यक्ति विदेशबाट आएको र उहाँलाई स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको छ उहाँको क्वारेन्टाइनको समय पनि सकिन लागेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरिसिं विष्टले जानकारी दिनु भयो । विष्टका अनुसार गाउँपालिकामा अहिले सम्म कुनैपनि व्यक्तिमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छैन।