कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमित व्यक्तिसंग बढि घुलमिल, उसको नाक मुख बाट निस्किने सिंगान, थुकलगायत श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ । अहिले लकडाउन लागू भइरहेको अवस्थामा पनि सरकारले दैनिक उपभोग्य वस्तुहरुको बिक्रिबितरण सावधानीपूर्वक संचालन गर्नका लागि अनुमती दिएको । हामीले बाहिरबाट सामानहरु किनेर घरमा ल्याइरहदा भाइरस ब्याक्टेरियालाई पनि संगै ल्याएको हुनसक्छ । ।यस्तो अवस्थामा हामीले फलफूल, तरकारी तथा ग्यासका सिलिन्डरलाई कसरी सुरक्षित बनाउन सक्छौ ?डा.रवीन्द्र पाण्डेको सुझाबहरु यस्तो छन् हेर्नुहोस ।

हातमा पंजा लगाएर सुरक्षितरूपमा ग्यास ल्याउने | उक्त ग्यासलाई घरबाहिर साबुनपानीले सफा गर्ने | त्यसपछि ओभानो गरेर स्प्रिट वा डेटोल पानीले सफा गर्ने |अनि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने | हात राम्रोसंग धुने |
दाल, चामल लगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने | त्यसलाई नष्ट गर्ने | ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने |

तरकारी तथा फलफुल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफुले साबुनपानीले हात धुने | तराकारी तथा फलफुललाई २० मिनेटदेखि आधा घण्टा सम्म घाममा राख्ने | त्यसपछि बांटामा राख्ने | बाँटामा मनतातो पानी राख्ने | त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने | तरकारी, फलफुल सफा गर्ने Vaggy wash भए झन् राम्रो | आधा घण्टापछि धारोको पानीमा ( Running Water ) मिचिमिची सफा गर्ने | अनि सुक्खा राख्ने | यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ | खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन | यो बाहेक क्लोरिन पानी / पियुषको केहि थोपा राखेर सफा गर्न पनि सकिन्छ |
– प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लीच पानीले पनि सफा गर्न सकिन्छ | केहि विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसंग सफा गरेब्लीच मिसाउनु पर्दैन भनेका छन् भने केहि विज्ञले चिसोपानिले राम्रोसंग धोए पनि हुने बताएका छन् | यो आफ्नो आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ |
– आलु, स्याउ, गाजर लगायत कडा सतह भएका फलफुल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले बिस्तारै सफा गर्न सकिन्छ | अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ |
– फलफुल तथा तरकारीलाई काट्नु अघिं राम्रोसंग धुनु जरुरी छ |
– सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ | त्यस्तै बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ |
– खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ | रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम गर्नुहुँदैन |
– तरकारी, फलफुल तथा अन्य खानेकुरा सफा गर्दा यसलाई ठूलो रुपमा गम्भीर हुनु जरुरी छैन | माथि उल्लेख गरेका उपायमध्ये आफुसंग उपलब्ध बिधि अपनाउने हो | सबैभन्दा उपयुक्त बिधि भनेको पटक पटक हात धुने हो | सरसफाईमा ध्यान दिने हो |

डा. रवीन्द्र समीर (जनस्वास्थ्य विज्ञ)को सामाजिक संजालबाट

प्रतिक्रिया दिनुहोस !