• नमोबुद्ध संवाददाता

चैत्र २२, धुलिखेल– रोशी गाउँपालिकाले अहिलेसम्ममा करिब ३ सय जना पैदलयात्रीहरुलाई  सिन्धुली जिल्लाको सिमानासम्म सवारीसाधनको व्यवस्था गरि पु¥याईसकेका छन् ।

गाउँपालिकाले सुनकोशी गाउँपालिकाको सहकार्यमा रोशी गाउँपालिका हुँदै पैदलयात्रा गरि आएकाहरुलाई सिमानासम्म पु¥याईरहेकोमा सो कार्य आज बिहानदेखि बन्द गरिएको गाउँपालिकाका प्रमुख डिबी मोक्तानले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यलयकोे आग्रहमा सो कार्य आजदेखि रोक्ने निर्णय भएको उहाले स्प्रष्ट पार्नुभयो ।

अहिलेको अवस्थामा गाउँलेहरुले ति मानिसहरुलाई बासको व्यवस्था गर्न असमर्थ रहेको तथा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने हुनाले आफ्नो गाउँपालिकाबासी सुरक्षित बनाउनका लागि यस्तो कार्य गरेको गाउँपालिकाका प्रमुख डिबी मोक्तानले बताउनु भयो ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउन लम्बिदै गएपछि मानिसहरु आफ्नो गाउँ फर्किने क्रम बढेको हो। रोशी गाउँपालिकामा पनि विशेष गरि पूर्वका मानिसहरुको आवतजावत बढेको थियो ।

प्रतिक्रिया दिनुहोस !