• नमोबुद्ध संवाददाता

चैत्र २२, धुलिखेल–लकडाउनले गर्दा दैनिक ज्यालादारी गरि खाने अति विपन्न परिवारहरुमा तुलनात्मक रुपमा खाद्यन्नको अभाव देखिएको छ। यसलाई मध्येनजर गरि काभ्रेको मुख्य व्यापारिक सहर बनेपाको तिनदोबाटोमा पानस पार्टी प्यालेसको सकृयतामा बनेपाका युवाहरुले निःशुल्क शाकाहारी खाना खुवाउन लागेको टिमका सदस्य भव सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज ५ सयजना पैदलयात्री,मजदुरीहरु, स्वास्थ्यकर्मी, सुरक्षकर्मीलाई लक्षित गरिएको, तर विशेष प्राथमिकता भने सडकमा अलपत्र भएका मानिसहरु हुने जनाउनु भयो ।लकडाउनको अवधि थपेपछि पैदलयात्रा गरेरै दैनिक मानिसहरु सहरबाहिर निस्केको पाउछौ । आयोजकले सामाजिक दुरीलाई पनि ख्याल गरि कार्य भइरहेको बताउनु भयो ।

आज कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा लगि सरकारले लागू गरेको बाह्रौ दिन हो । लकडाउनका कारण धेरै मानिसहरुलाई दैनिक छाँक टार्न मुस्किल भएकोले उहाँहरुलाई एक छाँकका लागि भएपनि युवाहरुले साथ दिन लागेको सापकोटाले बताउनु भयो ।

यस कार्यमा पानस पार्टी प्यालेसलाई सूर्य श्रेष्ठ, विमल सोनाम, विकास श्रेष्ठ, ईन्द्र श्रेष्ठ, नविन वैद्य, निराजन तिमिल्सिना, दिपक दाहाल, दिनेश दाहाल, अरुण थापा लगायतका बनेपाका युवाहरुको साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस !