• नमोबुद्ध संवाददाता

चैत्र २१,काभ्रे– मण्डनदेउपुर नगरपालिकाको नगरस्तरीय विपद व्यवस्थापन समितिको सर्वदलिय तथा सर्वपक्षिय बैठक सम्पन्न भएको छ । बैठक  नगरपालिकाको प्रमुख टोकबहादुर वाईबाको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको हो ।

बैठकमा नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा, उपप्रमुख, जनप्रतिनिधि, विभिन्न दलका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।

नगरस्तरीय विपद व्यवस्थापन समितिको सर्वदलिय तथा सर्वपक्षिय बैठकका निर्णयहरु

१. मण्डनदेउपुर नगरपालिका अन्र्तगतका कोरोना भाइरसको कारणले प्रभावित हुने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग असहाय तथा अत्यावश्यक भएका विपन्न वर्गलाई राहत सुबिधा उपलब्ध गराउने

२.राहत वितरणका लागि नगरपालिकाले आवश्यक मापदण्ड तयार गर्ने र राहत आवश्यक पर्नेहरुको पहिचान वडाको सिफारिसका साथ विपद व्यवस्थापन समितिमार्फत गर्ने । राहत वितरण एकद्धार प्रणालीबाट मात्र हुने भएकोले वडाले सिफारिस गरेपश्चात मात्र नगरपालिकाले वितरण गर्ने र राहत ढुवानी नगरपालिका स्यवंले गर्ने ।

३. राहत आवश्यक पर्ने व्यक्तिहरुको पहिचान गरि वडास्तरीय विपद व्यवस्थापन समितिले सम्बन्धित वडामा क्रियाशिल राजनितिक पार्टी प्रतिनिधिहरु तथा सुरक्षाकर्मीहरुको उपस्थितिमा अनुमोदन गरि सूचि तयार गर्ने ।

४. नेपाल सरकारले तोकेको लकडाउन अवधिभरका लागि नगरपालिकाले गरेको निर्णयहरुको कार्यान्वयनमा एकरुपता हुनेगरि सम्पूर्ण नगरक्षेत्रमा लागू गर्ने ।

५. यदि कुनै संघसंस्थाहरुले यस नगरक्षेत्रभित्र राहत वितरण गर्न चाहेमा नेपाल सरकारले तोकेको मापदण्डको अधिनमा रहि यस नगरपालिकाको स्विकृति लिई नगरपालिकासंगको समन्वयमार्फत गर्न पाउने ।

६. कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथाका लागि खटिएका सुरक्षकर्मी, नगरप्रहरी, स्वास्थ्य संस्था तथा नगरपालिकामा खटिएका कर्मचारीहरुका लागि थप सुबिधाको व्यवस्था गर्ने ।

७. कोरोना भाइरस (कोभिड १९)संक्रमण नियन्त्रण तथा रोकथाम र राहत वितरणका कार्यक्रमहरुमा आर्थिक व्यवस्थापनमा पारदर्शिता कायम गर्नका लागि सम्पूर्ण आय व्ययको विवरण यस नगरपालिका अन्तर्गतको आर्थिक समितिबाट अनुमोदन गराई नगरपालिकाले आय व्यय सार्वजनिकरण गर्ने ।

८. नगरपालिकाले गरेको निर्णयहरुको कार्यन्वयनको अनुगमन तहगत हिसाबमा गर्ने सोको जिम्मेवारी सम्बन्धित तहको जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु र नागरिक समाजका अगुवाईहरु हुने ।

९. नेपाल सरकारले तोकेको लकडाउन अवधिभर लागू हुनेगरि यस नगरपालिका अन्तर्गत सन्चालतमा रहेका सम्पूर्ण दुग्ध सहकारी, डेरीहरुले लकडाउन अवधिभर नभर्ने, नभराउने, तथा निर्यात नगर्ने गरि सार्वजनिक सूचना गर्ने ।

प्रतिक्रिया दिनुहोस !