• कृतिका घलान

चैत्र २१, धुलिखेल–तेमाल गाउँपालिकाको सबै स्वास्थ्य संस्थालाई शुक्रबार स्वास्थ्य सामग्री वितरण गरेको छ । गाउँपालिकामा रहेको ७ वटा स्वास्थ्य चौकी र ३वटा स्वास्थ्य ईकाइहरुलाई सामग्री वितरण गरेको तेमाल गाउँपालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठकले जानकारी दिनुभयो ।

पाठकका अनुसार आज व्यक्तिगत सुरक्षाकवच (पिपिई), सेनिटाईजर, पन्जा, मास्क तथा आवश्यक औषधी (१५ थरीका एण्टिबायोटिक लगायत अन्य)हरु गाउँपालिकाको प्रमुख सलाम सिं लामाले सबै स्वास्थ्य संस्थाका प्रमुखलाई वितरण गर्नुभएको होे। पिपिई भने हेल्थ पोष्टको लागि २ सेट तथा स्वास्थ्य ईकाइका लागि १ सेट वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले  नेपाललाई पनि छोएपछि स्वास्थ्यकर्मीहरु विशेष जोखिममा रहेको पाइन्छ। लामो समयसम्म पिपिईको अभाव भएता पनि गाउँपालिकाले त्यसको सम्बोधन गरेकोमा तेमाल गाउँपालिका वडा नं. २ सस्र्यूखर्क स्वास्थ्य चौकीका ईन्चार्ज लालमाया घलानले खुशी व्यक्त गर्नुभयो ।

ति स्वास्थ्य सामग्रीहरु गाउँपालिकाबाट प्रत्येक वडाका वडाअध्यक्षको रोहबरमा वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !