• नमोबुद्ध संवाददाता

चैत्र २१,धुलिखेल–कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको छ ।दैनिक रुपमा ज्यालादारी गरेर जिविकोपार्जन गरिरहेका परिवारलाई लकडाउनका कारण खाद्यन्न अभाव भएपछि १४ परिवारलाई रोशी गाउँपालिका वडा नं. १ का विपद व्यवस्थापन समितिले राहत वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बिच रोशी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक श्रीदास लामाले हस्तान्तरण गर्नुभएको हो । ति परिबारहरुको बिहिबार पहिचान गरिएको थियो ।

वितरण गरिएका सामानहरुमा दैनिक उपभोग्य खाद्यन्न जस्तै चामल, दाल, तेल लगायतका सामानहरु सरकारले तोकेको कार्यविधी अनुसार रहेको वडाअध्यक्ष श्रीदास लामाले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानियहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस !