
-
नमोबुद्ध संवाददाता
काठमाडौं–ग्रामीण तथा दुर्गमका स्वास्थ्य चौकीमा बसेर कोरोना भाइरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन प्रभु बैंकका सिइओ अशोक शेरचनले पीपीई र मेडिकल मास्क सहयोग पठाउनुभएको छ । उहाँले विहीबार १ सय थान पीपीई र १५ हजार मेडिकल मास्क काठमाडौंबाट बागलुङका लागि पठाउनुभएको हो ।
दुर्गम भेगका स्थानियको स्वास्थ्य सेवामा टेवा पुग्नेगरी ति स्थानिय स्वास्थ्य संस्थाहरूलाई आफूले सहयोग गरेको शेरचनले बताउनुभयो । स्वास्थ्य संस्थाहरूमा पीपीई र मेडिकल मास्क नहुँदा चिकित्सक र स्वास्थ्यकर्मी समस्यामा परेको र यसले जनस्वास्थ्यमा समेत मार पर्ने देखिएको थाहा भएपछि सहयोग गरेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले थप सहयोग आवश्यक भएमा सहयोग जारी राख्ने पनि जनाउनुभयो ।
शेरचनले यसरीनै यस्तै विपद, दैवी प्रकोप र अन्य समस्यामा परेकाहरूलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आउनुभएको छ । यसअघि उहाँले भुकम्पले क्षतिग्रस्त आफूले अध्ययन गरेको बागलुङ नगरपालिका–३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर माविलाई १२ लाख ५० हजार लागतको कक्षा कोठा निर्माणमा सहयोग गर्नुभएको थियो ।