-
नमोबुद्ध संवाददाता
काठमाडौं– अप्रिल ३० अर्थात बैशाख १७ गतेसम्म स्थगित रहेको अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेकोप्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताउनु भयो ।
सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने घोषणा गर्नुभएको थियो । त्यसपछि वैशाख ३ सम्म प्रतिवन्ध लम्बाइएको थियो । त्यसपछि फेरि १८ गतेसम्म प्रतिवन्ध विस्तार भएको थियो ।
यसबिच विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको छ । नेपालले पनि यसबिचमा चीनबाट नेपाल एयरलाइन्स र सिंगापुरबाट श्री एयरलाइन्सले मेडिकल सामग्री ल्याएको थियो ।