• कृतिका घलान

विश्वमा फैलिएको कोरोना भाइरस संक्रमणले सबैलाई आक्रान्त बनाएको छ । अहिलेसम्ममा विश्वमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार भन्दा बढि रहेको छ भने उपचारपश्चात घर फर्किनेको संख्या पनि उनान्चालिस हजार पुगेको छ ।

समयमा नै भाइरसको संम्रमण भए नभएको पत्ता लगाउन विभिन्न परिक्षण विधिहरुको पनि विकास भएको अवस्थामा विश्व स्वास्थ्य संगठनले पोलिमरेज चेन रियक्सन (पिसिआर) ले कोरोना भाइरसको संक्रमण हो वा होइन भनि अन्तिम निर्णय दिने जनाएको छ । अहिले नेपालमा पनि पिसिआरको अलवा रयापिड डाइग्नोष्टिक टेस्ट(आरडिटि) पनि २२ जिल्ला बाहेकका जिल्लाहरुमा चैत्र महिनामा विदेशबाट आएका मानिसहरुमा जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार यो (आरडिटि) परिक्षणबाट काभ्रेका २ सहित ४ जनामा कोरोना संक्रमण देखिए । अहिले उनिहरुको पिसिआरबाट परिक्षण भैरहेको छ । पिसिआरको नतिजा आउन बाँकी छ । नतिजा पोजिटिभ पनि आउन सक्छन् नेगेटिभ पनि आउन सक्छ । यस्तो परिस्थितिमा मानिसहरु धेरै नै त्रसित छन् ।

यद्यपि सरकारले राज्यको तिन वटै तहहरुमार्फत सबैलाई समेटने कोसिस गरिरहेका छन् । फलस्वरुप स्थानिय तहहरु संक्रमणको स्थितिलाई तिव्र रुपमा नियन्त्रण तथा रोकथाम तर्फ लागिरहेका छन् ।

कसरी हुन्छ त एउटै व्यक्तिको आरडिटि र पिसिआर परिक्षणको नतिजा फरक ?

यो विश्व स्वास्थ्य संगठनका प्रतिवेदन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सचेतना सामाग्रीहरुका आधारमा तयार पारिएको हो ।

-र्यापिड डाइग्नोष्टिक टेस्ट

यो एउटा एन्टिबडि प्रोटिनको परिक्षण हो । यो भाइरस संक्रमण भएको व्यक्तिले आफ्नो शरीरभित्र त्यस भाइरसविरुद्ध रोगप्रतिरोधात्मक एन्डिबडि प्रोटिन उत्पादन गर्दछ । यस रयापिड टेस्टमा मानिसको रगतमा यो एन्टिबडि प्रोटिन छ कि छैन भनि परिक्षण गर्छ । रगतमा यो एन्टिबडि प्रोटिन देखिए आरडिटि परिक्षण गर्दा नतिजा पोजिटिभ आउछ । तर यो एन्टिबडि बन्नलाई केहि दिनको समय लाग्दछ ।त्यसैले भाइरस संक्रमण भइ लक्षण देखिएको ७ दिन पछि परिक्षण गराउदा -यापिड डाईग्नोष्टिक टेस्ट (आरडिटि)को नतिजा पोजिटिभ आउछ । परिक्षणको नतिजा पोजिटिभ आएमा त्यस व्यक्तिमा भूत वा वर्तमानमा भाइरस संक्रमण भएको हुनसक्छ । तर यो रगतमा एन्टिबडि देखिने समयसम्ममा भाइरस हटिसकेको हुनसक्छ यस्तो अवस्था भनेको भाइरस संक्रमण भइ लक्षण देखिएको १४ देखि २१ दिन नाघेको अवस्था वा सक्रिय संक्रमण नभएको अवस्था हो । परिक्षणको नतिजा नेगेटिभ आएमा कोभिड १९ (सार्स –कोभ–२) भाइरस संक्रमण नभएको भन्न सकिदैन किन कि भाइरस संक्रमणको पहिलो ७ दिनसम्म व्यक्तिको शरीरमा एन्टिबडि प्रोटिन प्रशस्त मात्रमा नबनेको हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो परिक्षण ग्रामिण क्षेत्र वा सिमित स्रोतसाभन उपलब्ध भएको अवस्थामा कोरोना भाइरसको संक्रमणलाई द्रुतगतिमा पत्ता लगाउनका लागि विशेष उपयोगीनै रहेको छ ।

-पिसिआर नै अन्तिम परीक्षण

आरडिटि उपयोगी त हो तर कोरोना भाइरसको संक्रमण वास्तबिक रुपमा पत्ता लगाउनका लागि पिसिआर परिक्षण नै अन्तिम रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यत्तिबेला आरडिटिमा नेगेटिभ नतिजा आएपनि पिसिआर परिक्षणमा पोजिटिभ देखाएको पनि हामी सुनेकैछौ । डब्लू.एच्.ओ का अनुसार आरडिटिको सहि नतिजा हुनका लागि धेरै तत्वहरुले प्रभाव पारेको हुन्छ जसमध्ये संक्रमणको चरणहरु, नमुनाको संकलन सहि रुपमा भएको छ कि छैन, नमुनामा भाइरसको मात्रा, उत्कृष्ट नमुना संकलन भएको वा नभएको , आरडिटिमा रहेको रिएजेन्ट को अवस्था आदि हुन् ।

यी तत्वहरुका कारणले कोरोना भाइरसको संक्रमण परिक्षणमा विभिन्न सर्वे रिर्पोटमा अनुसा ८० प्रतिशतसम्म आरडिटिले संवेदनशीलता देखाएको छ ।

विश्व स्वास्थ्य संगठनले अहिलेसम्मको तथ्याङका आधारमा आरडिटिलाई अन्तिम नतिजा नमानी यो परिक्षण अनुसन्धान,रोगको निगरानीका लागि मात्र प्रयोग गरि बिरामी उपचारलाई प्रोत्साहन गर्न आग्रह पनि गरेको छ ।

आरडिटिमा पोजिटिभि पिसिआरमा पोजिटिभ भन्नाले कोरोना भाइरस संक्रमण भएको र हाल सक्रिय संक्रमण भएको अवस्था हो ।

आरडिटिमा पोजिटिभि पिसिआरमा नेगेटिभ भन्नाले भाइरस संक्रमण भएको १४ देखि २१ दिन नाघिसकेको अवस्था र हाल भाइरसको सकृय नरहेको अवस्था वा बिरामी निको हुने चरणमा रहेको अवस्था हो ।

आरडिटिमा नेगेटिभ पिसिआरमा पोजिटिभ भन्नाले कोरोना भाइरसको संक्रमण ७ देखि १० दिन भित्रको भएको र हाल सकृय संक्रमण रहेको अवस्था हो ।

आरडिटि र पिसिआर दुबैमा नेगेटिभ भन्नाले भाइरसको संक्रमण नरहेको अवस्था हो ।

प्रतिक्रिया दिनुहोस !