• नमोबुद्ध संवाददाता

धुलिखेलः कोरोना भाइरस संक्रमणको जोखिमबारे सर्तकता अपनाउन स्थानिय निकायहरुले सामुदायिक विद्यालयहरु प्रयोग गर्न थालेेेेपछि यसप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले आपत्ति जनाएकोे छ ।

विद्यालय शान्तिक्षेत्र घोषण भइसकेको र बालबालिकाहरुलाई भय र त्रासबाट मुक्त वातावरणमा पठनपाठन गर्ने सरकारको प्रतिबद्धता रहेको अवस्थामा यसरी सामुदायिक विद्यालयहरुमा बिरामी राख्ने ठाउँ (क्वारेन्टाइन तथा आइसोलेसन कक्ष)को रुपमा प्रयोग गर्दा विद्यार्थीहरुमा नकारात्मक मनोवैज्ञानिक मनोसामाजिक असर पर्ने महासंघको ठहर छ ।

महासचिव गुणराज मुक्तानद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत महासंघले सामुदायिक विद्यालयहरुमा बनाएको क्वारेन्टाइन तत्काल हटाई सार्वजानिक भवन तथा सार्वजानिक स्थलहरुमा व्यवस्थापन गर्न पनि अपिल गरेको छ।

विज्ञप्तिसहित :

प्रतिक्रिया दिनुहोस !