-
कृतिका घलान
गर्मी महिना सुरु हुदै गर्दा नेपालको विभिन्न भागमा डेंगुको बिरामीहरु देखिन थालेको छ । गर्मी महिनामा विशेष गरि नेपालको तराई क्षेत्रमा बढि मात्रामा यस्ता रोग देखिएको पाइन्छ ।
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने यो रोग गत वर्षायाममा महामारीको रुपमा फैलिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार Early Warning and Reporting System (EWARS) इवार्स सेन्टिनल साइट कायम भएका विभिन्न अस्पतालहरुबाट सन् २०२० जनवरी देखि मार्च १३ सम्ममा ३६ वटा डेंगुका विरामी प्रतिवेदन भएका छन् ।
प्रदेश नं १ = ६ जना ( झापा – १, मोरंग -३, सुनसरी -२) वाग्मती प्रदेश =९ जना (नुवाकोट -१, काठमाण्डौं -३, ललितपुर -३, रामेछाप -१, मकवानपुर -१ )गण्डकी प्रदेश =५ जना (गोरखा -१, म्याग्दी -१, कास्की -२, नवलपरासी सुस्ता पूर्व -१)
प्रदेश नं ५ =१४ जना ( नवलपरासी सुस्ता पश्चिम -१, रुपन्देही -११, कपिलवस्तु -१, बाँके -१ )सुदुरपश्चिम प्रदेश = २ जना (डडेलधुरा -१, कैलाली -१ ) रहेको जनाएको छ ।
चिकित्सकहरुका अनुसार डेंगु रोग लामखुट्टेको टोकाईले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । यसबाट बच्नका लागि आफ्नो घर वरीपरी रहेको खाल्डा पुर्नु ,प्लास्टिक, पुरानो टायरमा पानी जम्मा हुन नदिनु, पेस्टीसाइडको प्रयोगका साथै सरसफाईमा ध्यान दिनुपर्दछ, जसले गर्दा लामखुट्टे हुर्कन पाईदैन ।
यो जातको लामखुट्टेले विशेषगरि दिउसोको समयमा मात्र टोक्ने हुदाँ त्यसतर्फ पनि ध्यान दिनुपर्दछ । केहि लक्षणहरु देखा परेमा समयमा नै नजिकको स्वास्थ्य संस्थामा जचाँउन स्वास्थ्य कर्मी सुझाउँछन् ।