
-
नमोबुद्ध संवाददाता
बनेपा–नेकपाको जनवर्गीय संगठन अखिल नेपाल निर्माण मजदुर संघ काभ्रेले सर्वसम्मत रुपमा नयाँ नेतृत्व पाएको छ । बनेपामा शनिबार संघका केन्द्रिय अध्यक्ष अमित लोप्चानको प्रमुख आतिथ्यतामा सम्पन्न पाँचौ जिल्ला भेलाले देवराज लामाखोरको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षहरुमा रुपक भुजेल र रिकामाया श्रेष्ठ, सचिवमा बिनोद नेपाली, सह–सचिवमा राजकुमार भुजेल, कोषाध्यक्षमा अमृत लामाले जिम्मेवारी पाएका छन् । त्यस्तै सदस्यहरुमा बिष्णु बहादुर पहरी, बिन्दास योन्जन, धावादोन्डुप लामा, सारदा गौतम छन् ।
पाँच सदस्य भने संघको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष लामाखोरले जानकारी दिनुभयो ।
भेलामा नेकपा वाग्मती प्रदेशका सदस्य इन्द्रबहादुर तामाङ ‘छिन्ताङ’,अखिल नेपाल ट्रेड यूनियन महासंघ काभ्रेका इन्चार्ज होम बहादुर खुलाल,अखिल नेपाल निर्माण मजदुर संघ वाग्मती प्रदेश इन्चार्ज कमल न्यौपाने, केन्द्रिय सचिवालय सदस्य रामकिसुन महतो लगायतले मजदुरहरु संगठित हुनुको औचित्यबारे प्रष्ट्याएका थिए ।