• नमोबुद्ध संवाददाता :

पाँचखाल–काभ्रेको पाँचखाल नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को आधा योजना पनि सम्झौता नभएको पाईएको छ । जम्मा ३०१ वटा विकास योजना मध्ये अहिलेसम्म १२५ वटा मात्रै योजना सम्झौता भएका छन् ।

१७६ वटा(५८.४७ प्रतिशत) योजना त सम्झौतानै भएको छैन । नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनामा सामान्यत आधा योजना सम्पन्न हुनुपर्नेमा सम्झौता सम्म नभएको पाईएको हो ।

शुक्रबार आफ्नो छैटौं नगरसभामार्फत सार्वजनिक प्रथम अर्धवार्षिक प्रगति विवरणमा यो कुरा पनि उल्लेख छकि सम्झौता भएका योजनामध्ये पनि जम्मा ४१ वटा (१३.६२ प्रतिशत) योजनाको मात्रै भुक्तानी भएको छ ।

बेलैमा योजना सम्झौता र कार्यन्वयन भए बजेटको समुचित सदुपयोग र द्रुत लाभ हासील गर्न सकिने स्थानिय बुद्धिजीव बताउँछन् ।

वडा नम्बर ८ का वडाध्यक्ष सञ्जय तामाङले पटक पटक नगर ऐनको संशोधन गर्ने अवस्था आउन दिन नहुनेमा जोड दिदै बुद्धिमततापूर्वक जनताको काममा लाग्नुपर्ने बताउनुभयो ।

यद्यपी नगरप्रमुख महेश खरेलले सबैको सहकार्यमा सन्तोषजनक प्रगति हासील भईरहेको दावी गर्नुभयो । नगरपालिकाले कृषि नगरको पहिचानलाई थप मजदुत बनाउँदै औद्योगिक विकासबाट समेत रोजगार वृद्धि गर्ने काम गर्दै आएको धारणा व्यक्त गर्नुभयो ।
‘वातावरण ऐन पास गरेर अघि बढेको सर्वविधितै होला,हामीसँग कृषि,सडक र रोजगार विकासका थुप्रै महत्वाकांक्षी योजनाहरु छन्,तिनीहरु क्रमश कार्यन्वयन हुन थालेको छ, संघ र प्रदेश सरकारसँग समेत सहकार्य गरी विपि राजमार्ग र अरनिको राजमार्गबाट नगरका भित्रि भागहरुसम्म कालोपत्रे सडक निर्माणका योजनाहरु अघि बढाएका छौं,यहाँका पुरातात्वीक क्षेत्रको संरक्षणमा पुरातत्व विभागसँग सहकार्य गर्दैछौं ।’,नगरसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘कृषि,पँचखाल औद्योगिक कार्यक्रम,भेटेरिनरी कार्यक्रम लगायतबाट थप ३ हजार रोजगार सिर्जना गर्नेगरी हामी अघि बढेका छौं ।’

उत्पादन वृद्धिका लागि माटो सुधार,विषादि न्युनिकरण,खानेपानी,पर्यटन विकासका कामहरु समेत भईरहेको जानकारी नगरप्रमेख खरेलले गराउनुभयो ।

कर बढाएर जनताको ढाट सेक्ने काम नगर्ने बताउँदै उहाँले बरु करको दायरा फराकिलो बनाएको उल्लेख गर्नुभयो ।

यो पटकको छेटौं नगरसभामा विभिन्न ५ वटा ऐन संशोधन गर्ने तालिका थियो । गत असारमै अनुमानित आय,व्यय तथा बजेट योजना पास गरेर कार्यन्वयन थालेकोले यो हिउँदेअधिवेशनमा बजेट बाँडफाँडको एजेण्डा नरहेको वडाध्यक्ष हरि खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !