नमाबेुद्ध संवाददाता
सिन्धुली–प्रदेश ३ को नामाकरण र राजधानी तोक्ने विषय दलहरुको अकर्मण्यताले अनिर्णयको बन्दिझैं भईरहेको सन्दर्भमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को सोमबार सम्पन्न राष्ट्रिय भेलाले यसलाई चिर्न जोडदार माग गरेको छ ।
यस प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल स्वयम्ले पनि सिन्धुलीको एतिहासीक थलो सिन्धुलीगढीमा दुई दिने भेलाको उद्घाटन गर्दै भन्नुभयो–
“आजसम्म दल र सत्ता चलाउने बाहुन क्षेत्रीहरु अलि संकिर्ण देखिए,वास्तवमा संघियता कुनै खोलानालाले मागेको हैन,उत्पीडित जाति,आदिवासी जनजातिहरुले मागेका हुन्,त्यसैले यो प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ,संविधानको मुल मर्म पनि यहि हो,यो कुरा नकार्न मिल्दैन ।”
दल तथा सरकारका जिम्मेवार व्यक्तिहरुको यस्तो भनाई र प्रतिवद्धता आईरहेपनि भित्री रुपमा आदिवासी जनजातिमाथि अझै षड्यन्त्र हुन थालेको भन्दै फोनिजले खबरदारीका साथ १३ बँुदे घोषणा पत्र जारी गरेको हो ।
साथै उसले मिडिया काउन्सिललाई समावेशी चरित्रको बनाउन समेत सरकारसँग माग गरेको छ ।
घोषणापत्रमा के–के छन् ?