
-
नमोबुद्ध संवाददाता
काठमाडौं–गायिका डेनी इम्सङ देवानको नयाँ पूर्वेली लोकगीत ‘साह्रै मिठो हर्पेको नौनी घ्यू, के मान्नु लाजसरम हाँसी बोलिदिऊँ’ भिडियोसहित हालै सार्वजनिक गरिएको छ ।
सर्वाधिक लोकप्रिय गायक राजेशपायल राईका साथमा चर्चित पूर्वेली लोकगीत ‘डाली घाँसैमा’ र ‘मै दुःखी चेली’ गीतबाट चर्चामा आएकी देवानको यो कोसेली पनि गायक राईसँगको युगल हो ।
विमल खेवाछालीको शब्द तथा मनोज साङसोन राईको सङ्गीत रहेको गीतको सङ्गीत संयोजन राजु कार्कीले गर्नुभएको हो । मणिराज देवानले निर्माण गरेको भिडियो गायिका डेनीको नीजि युट्युब च्यानलमा अपलोड गरिएको छ ।