-
नमोबुद्ध संवाददाता
रोशी–काभ्रेको रोशी गाउँपालिकामा अपांगता भएकाहरुमा थप ४५ जनाले अपांगता परचयपत्र प्राप्त गरेका छन् । २८ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी हालै गाउँपालिकाले यसअघि छुटेका उनिहरुलाई परिचयपत्र प्रदान गरेको हो ।
पालिकाले गत कार्तिक २१ देखि मंसिर ३ गते सम्म भएको वडा स्तरीय अपाङ्गता परिचयपत्र वितरण शिविरनै चलाएको थियो । उक्त शिविरमा छुटेका छुटेकाहरुलाई यो पटक गाउँपालिकाले सम्झेको हो ।
पालिका उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौलाले विविध कारणले,खासगरी भौगोलिक रुपमा टाढा भएका कारण छुटेकाहरुलाई परिचयपत्र प्रदान गरेको प्रष्ट पार्नुभयो ।
अपांगताको प्रकृतिको आधारमा ‘क’‘ख’‘ग’ र ‘घ’ वर्गमा अपांगता परिचयपत्र पाउनेहरुले मासिक भत्तादेखी उपचार तथा सवारी छुट सुविधसम्म पाउदै आएकामा उनिहरु पनि यसबाट लाभान्वित भएका हुन् ।