• नमोबुद्ध संवाददाता

तेमाल–काभ्रेको तेमाल गाउँपालिकाले दुई चरणमा गरी गाउँपालिका भित्रका अपांगता भएका सबैलाई अपांगता परिचयपत्र वितरण गरेको छ ।

पहिलो चरणमा १,२,३,४,५ र ६ नम्बर वडामा वितरण गरेर स्थगित रहेका वडा नम्बर ७,८ र ९ मा दोस्रो चरणमा परिचयपत्र वितरण गरिएको हो ।

अपांगता परिचय पत्र दिन प्राय वडामा गाँउपालिका अध्यक्ष सलाम सिं तामाङ,उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक र स्थानिय वडा अध्यक्षहरुको टोली पुग्ने गरेको गाउँपालिकाले जनाएको छ ।

पालिका उपाध्यक्ष दुर्गामाया तामाङका अनुसार दोस्रो चरणमा पनि बाँकी रहेको वडा नं. ७ मा शुक्रबार वितरण गरिएसँगै तेमालमा अपांगता परिचयपत्र वितरण कार्यक्रम सकिएको छ ।

दोस्रो चरणमा कुन वडामा कत्तिले पाए अपांगता परिचय पत्र ?

वडा नम्बर ९ मा १५ जना

क वर्गका ३ जना

ख वर्गका १० जना

ग वर्गका २ जना

वडा नं. ८ मा २३ जना

क वर्गको २ जना

ख वर्गको १४ जना

ग वर्गको ३ जना

घ वर्गको ४ जना

वडा नं. ७ मा १२ जना

ख वर्गके ११ जना

ग वर्गको १ जना

कुन वर्गले कस्तो सेवा सुविधा पाउँछन् ?

‘क’ वर्ग

जो व्यक्तिले हातगोडा चलाउन सक्दैनन्,ह्वीलचियरमा राखेर आउजाउ गर्नुपर्ने तथा स्याहार सुसारमा अरुको साथ अनिवार्य जस्तै आवश्यक हुन्छन् ।
यस प्रकृतिको अपांगता भएका व्यक्तिले ‘क’ वर्ग ९रातो रंग०को परिचय पत्र पाउँछन् र नेपाल सरकारबाट मासिक ३ हजार भत्ता पनि पाउँछन् ।

‘ख’ वर्ग

गोडा नचल्ने तर हात चल्ने र कुरा बोल्न सक्नेले ‘ख’ वर्गको ९निलो रंग०को परिचय पत्र पाउँछन् र नेपाल सरकारबाट मासिक १६ सय भत्ता पनि पाउँछन् ।

‘ग’ वर्ग

एउटा हात वा गोडा नचल्ने,आँखा नदेख्ने व्यक्तिले ‘ग’ वर्गको ९पहेंलो रंग०को अपांगता परिचयपत्र पाउँछन्, यस प्रकृतिका अपांगता भएका व्यक्तिले नेपाल सरकारबाट स्वास्थ्य सेवा तथा सम्बन्धित क्षेत्रबाट यायायातमा हदै छुट पाउँछन् ।

‘घ’ वर्ग

मुख खोंडे,कान नसुन्ने व्यक्तिले ‘घ’ वर्गको ९सेतो रंग०को अपांगता परिचय पत्र पाउँछन्,यस प्रकृतिका अपांगता भएका व्यक्तिले सरकारबाट स्वस्थ्य सेवा तथा सम्बन्धित क्षेत्रबाट यातायात भाडामा हदै छुट पाउँछन् ।

प्रतिक्रिया दिनुहोस !