-
नमोबुद्ध संवाददाता
बनेपा–युवा समाजसेवी काभ्रे बनेपा वाासडोलका कृष्ण लामाले निजी खर्चमा आफ्नै गउँमा ज्याङ्छ्यूप छ्योर्तेन निर्माण गर्नुभएको छ ।
लामाले यहाँको तामाङ बस्तीमा ३० लाख खर्च गरी छ्योर्तेन बनाउनुभएको हो ।
स्थानिय तथा आफन्तजनहरुको प्रेरणाले तीन महिनामै नमुना छ्योर्तेनको निर्माण सम्पन्न गर्न सफल भएको उहाँले बताउनुभयो ।
छ्योर्तेनको आइतबार धर्मगुरु ङिमा लामाबाट प्राण प्रतिष्ठा गराएको जानकारी दिनुहुदै उहाँले आफ्नो जीवनको ठूलो इच्छा पुरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
स्थानिय तामाङ समुदाय तथा बौद्धमार्गी श्रद्धालुहरुलाई पूजापाठ तथा ध्यानका लागि यो छ्योर्तेन महत्वपूर्ण स्थल बन्नेछ ।